News Portal

करारका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न निर्देशन

हिमालीसंचार संवाददाता
२२९ पटक

पुष्कर खड्का –  रामेछापको लिखु तामाकोसी गाउँपालिकाले करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न, नगराउन समेत निर्देशन दिएको लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार साहले जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनु भयो।

गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ। कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक नलगाउने विना जानकारी बिदामा बस्ने कार्यालयको सुचना अधिकृत रुपमा बाहिर दिने गरेको गोपनियता भंग गर्ने गरेको माथिल्ला तहका पदाधिकारीले दिएको आज्ञा पालना नगरेको आफुभन्दा माथिल्ला तहको कर्मचारीसगँ अनुपयुक्त व्यवहार गर्ने। कार्यालयको काम समयमै नगर्ने गरेको, कार्यरत पदको औचित्यता र आवश्यकता नदेखिएकोले करार सम्झौता अवधि नबढाएको सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...