
सुनिल गुरुङ/चितवन – चितवन जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका वडा नं. ५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका वडा नं. १० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ का ३५ वर्षीय होम घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।
चितवन प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो ।