News Portal

भक्तपुरको एउटै जग्गा, ६ जनासंग बैंनाबट्टा गरी ठगेको आरोप

खोटाङका मौलध्वज राईले धेरै जना व्यक्तिबाट बैना लिएका हुन्

हिमालीसंचार संवाददाता
४६४ पटक

काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलस्थित साविक १ नम्बर वडामा रहेको जग्गाको कित्ता नम्बर ३०९ को सो कित्तामा १५ आना जग्गा छ । १५ आना मध्येबाट कित्ताकाट गरेर ४ आना र ३ आनाको दरले ‘पास गरिदिन्छु’ भनेर खोटाङका मौलध्वज राईले धेरै जना मानिसबाट बैना लिएको थाहा भएको छ ।

ललितपुरको भैंसेपाटी बस्ने मौलध्वज राईले ‘बज्रबाराही हाउजिङ्ग कम्पनी’ को नाममा आफ्नो एकल स्वामित्वमा भक्तपुर मालपोत कार्यालयमा जग्गा दर्ता रहेको कागजमा उल्लेख गरेका छन् । तर, बैना कागज गरेर लाखौं रकम लिएपनि २०७४ सालदेखि सो जग्गा उनले पास गरिदिएका छैनन् । एउटै जग्गा उनले ६ जनालाई दिन्छु भनेर बैना लिएर ठगेको पीडितहरु बताउँछन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका घर भएका दोर्जे लामाले आफ्नी छोरी बिना लामाको नाममा २०७४ माघमा सो जग्गा बैना गरेका थिए । ‘४ आना जग्गा खरिद गर्न मैले १९ लाख ५० हजार बैना रकम दिएको थिएँ’ दोर्जे भन्छन्–‘तर, अहिलेसम्म जग्गा पाएको छैन् । भक्तपुरको राधेराधेमा घर जग्गा सम्बन्धी अफिस चलाउने ४१ वर्षीय मौलध्वजले बहाना बनाएर जग्गा नदिएर बैना रकम ठगेको दोर्जे लामाको आरोप छ ।

बैना फिर्ता माग्दा उल्टै मौलध्वजले धम्की दिएपछि दोर्जेले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर छलफल गराउन प्रहरी वृत्त बौद्धलाई पत्राचार गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका घर भएका छत्र घिसिङसँग सो जग्गा ‘दिन्छु’ भनेर मौलध्वजले १२ लाख बैना लिएका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर घर भएकी माया लामाबाट २३ लाख र लिसंखुकै सोनुलाल मोक्तानबाट पनि बैना रकम लिएका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका घर भएकी सानु तामाङ ‘अनिता’ले ३ वर्षअघि २० लाख बैना दिएपनि जग्गा नपाएको बताइन् । ‘भक्तपुरको चित्तपोलमा रहेको जग्गा किन्न भनेर मैले दुईपटक बैना रकम दिएपनि जग्गा पाएको छैन्’ सानु भन्छिन्–‘दुई ठाउँको जग्गा किन्न भनेर पहिलोपटक २० लाख र दोस्रो पटक २२ लाख बैना दिएको थिएँ ।’

रामेछाप हिलेदेवी घर भएका पदम तामाङले पनि २० लाख बैना दिएर जग्गा पाएका छैनन् । पीडितहरुले सिन्धुपाल्चोकको लिसंखु घर भएका छेवाङ लामामार्फत मौलध्वजलाई बैना दिएको बताएका छन् । बौद्ध क्षेत्रमा बस्दै आएका छेवाङलाई प्रहरी वृत्त बौद्धले झिकाएको छ । आरोपी मौलध्वज बा.५ च ५३४२ नम्बरको ल्याण्डरोभर चढेर हिँड्छन् । बैना रकम माग्दा आफुलाई उल्टो धम्की दिएको पीडित डोल्मा लामाले रातोपाटीलाई बताइन् ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...