News Portal

  • भक्तपुरको एउटै जग्गा, ६ जनासंग बैंनाबट्टा गरी ठगेको आरोप

    खोटाङका मौलध्वज राईले धेरै जना व्यक्तिबाट बैना लिएका हुन्

    हिमालीसंचार संवाददाता
    ४२१ पटक

    काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलस्थित साविक १ नम्बर वडामा रहेको जग्गाको कित्ता नम्बर ३०९ को सो कित्तामा १५ आना जग्गा छ । १५ आना मध्येबाट कित्ताकाट गरेर ४ आना र ३ आनाको दरले ‘पास गरिदिन्छु’ भनेर खोटाङका मौलध्वज राईले धेरै जना मानिसबाट बैना लिएको थाहा भएको छ ।

    ललितपुरको भैंसेपाटी बस्ने मौलध्वज राईले ‘बज्रबाराही हाउजिङ्ग कम्पनी’ को नाममा आफ्नो एकल स्वामित्वमा भक्तपुर मालपोत कार्यालयमा जग्गा दर्ता रहेको कागजमा उल्लेख गरेका छन् । तर, बैना कागज गरेर लाखौं रकम लिएपनि २०७४ सालदेखि सो जग्गा उनले पास गरिदिएका छैनन् । एउटै जग्गा उनले ६ जनालाई दिन्छु भनेर बैना लिएर ठगेको पीडितहरु बताउँछन् ।

    सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका घर भएका दोर्जे लामाले आफ्नी छोरी बिना लामाको नाममा २०७४ माघमा सो जग्गा बैना गरेका थिए । ‘४ आना जग्गा खरिद गर्न मैले १९ लाख ५० हजार बैना रकम दिएको थिएँ’ दोर्जे भन्छन्–‘तर, अहिलेसम्म जग्गा पाएको छैन् । भक्तपुरको राधेराधेमा घर जग्गा सम्बन्धी अफिस चलाउने ४१ वर्षीय मौलध्वजले बहाना बनाएर जग्गा नदिएर बैना रकम ठगेको दोर्जे लामाको आरोप छ ।

    बैना फिर्ता माग्दा उल्टै मौलध्वजले धम्की दिएपछि दोर्जेले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर छलफल गराउन प्रहरी वृत्त बौद्धलाई पत्राचार गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका घर भएका छत्र घिसिङसँग सो जग्गा ‘दिन्छु’ भनेर मौलध्वजले १२ लाख बैना लिएका छन् । सिन्धुपाल्चोकको लिसंखुपाखर घर भएकी माया लामाबाट २३ लाख र लिसंखुकै सोनुलाल मोक्तानबाट पनि बैना रकम लिएका छन् ।

    रामेछापको खाँडादेवी गाउँपालिका घर भएकी सानु तामाङ ‘अनिता’ले ३ वर्षअघि २० लाख बैना दिएपनि जग्गा नपाएको बताइन् । ‘भक्तपुरको चित्तपोलमा रहेको जग्गा किन्न भनेर मैले दुईपटक बैना रकम दिएपनि जग्गा पाएको छैन्’ सानु भन्छिन्–‘दुई ठाउँको जग्गा किन्न भनेर पहिलोपटक २० लाख र दोस्रो पटक २२ लाख बैना दिएको थिएँ ।’

    रामेछाप हिलेदेवी घर भएका पदम तामाङले पनि २० लाख बैना दिएर जग्गा पाएका छैनन् । पीडितहरुले सिन्धुपाल्चोकको लिसंखु घर भएका छेवाङ लामामार्फत मौलध्वजलाई बैना दिएको बताएका छन् । बौद्ध क्षेत्रमा बस्दै आएका छेवाङलाई प्रहरी वृत्त बौद्धले झिकाएको छ । आरोपी मौलध्वज बा.५ च ५३४२ नम्बरको ल्याण्डरोभर चढेर हिँड्छन् । बैना रकम माग्दा आफुलाई उल्टो धम्की दिएको पीडित डोल्मा लामाले रातोपाटीलाई बताइन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...