ज्यान मार्ने उद्योगमा प्रहरीले एक युवालाई पक्राउ गर्यो

काठमाडौं – काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठले फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार सुवास घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरी एक्कासी बलराम श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको उजुरीका आधारमा धिसिङलाई प्रहरीले पक्राउ गरेको छ।
नयाँबस्तीबाट खटिएको प्रहरी टोलीले (सुन मुन्द्रे) भनिने निज सुवास घिसिङलाई नियन्त्रणमा लिइएको हो । घिसिङ (सुन मुन्द्रे) लाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद-१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन-३ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, बौद्धबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।















