News Portal

अब फोटो सहितको मतदाता नामावली दर्ता अनलाइनबाट नै दिन सकिन्छ: आयोग

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडौं – निर्वाचन आयोगले आजबाट फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइन माध्यमबाट नै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले web-based Voter list pre registration system तयार गरी पहिले काठमाडौ उपत्यकाका तीन जिल्लाहरु ललितपुर, भक्तपुर र काठमाडौंबाट आज २०७९ असार २९ गतेबाट शुरु गर्ने गरी आयोगले हिजो २८ गते निर्णय गरेको हो।

आयोगले संकलन गरेको फोटो सहितको नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फारम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेवसाईट www.election.gov.nep मा गई व्याक्तिगत विवरण भरि जिल्ला निर्वाचन आयोग कार्यालय हाललाई उपत्यकाका तीन जिल्लामा अनलाइनबाट पेश गर्न सकिने आयोगले जनाएको छ। 

अनलाइन फारममा उल्लेखित संकेत नम्बर सहितको प्रिन्टकपी र आवश्यक अन्य प्रमाण कागज लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुग्नु पर्ने जनाएको छ। निर्वाचन कार्यालयहरुमा भिडभाड र ढिलासुस्ती भएको भन्दै आयोगले मतदाताको सहजिकरणको लागि यस्तो व्यवस्था उपलब्ध गराएको हो।

अनलाइन फारम भरेपनि उक्त व्यक्तिगत विवरणको प्रिन्ट र आवश्यक कागजात लिएर औंठा छाप दिन भने निर्वाचन आयोगको कार्यालयमा स्वयम उपस्थित हुनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...