News Portal

‘किरात प्रदेश’ नाम राख्दा इतिहासको सम्मान हुन्छ : प्रा.डा. सुवेदी

हिमालीसंचार संवाददाता
६५७९ पटक

काठमाडौं – प्रदेश नं. १ को नाम राख्ने विषयमा सकश परिरहेको अबस्थामा प्रा.डा. धनप्रसाद सुवेदीले प्रदेश १ ‘किरात प्रदेश’ नाम राख्दा इतिहासको सम्मान हुने धारणा राखेका छन्। 

प्रा.डा. सुवेदीले प्रदेश १ को भूगोललाई इतिहासदेखि नै वल्लो किरात, माँझ किरात र पल्लो किरात भनिदै आएकोले त्यो पहिचानको सम्मान गर्न किरात प्रदेश राख्नुपर्ने धारणा राखेका हुन् । ‘प्रदेश १ को भूगोललाई इतिहासदेखि नै वल्लो किरात, माँझ किरात, पल्लो किरात भनिदै आएको हो, पुरानो तमसुकहरु हेरे पुग्छ । उनले आफ्नो धारणा राखेका हुन्।

हिन्दु पण्डितहरुले पढ्ने सङ्कल्पमा त ‘कैरात देशे’ अझै चलेकै छ । पुराना चिनाचपेटाहरु पल्टाए पनि हुन्छ,’ उनले भने, ‘त्यसैले प्रदेश १ को नाम किरात राखियो भने कुनै अनौठो कुरा हुँदैन । त्यसलाई जातीय भन्दा पनि ऐतिहासिक भनेर बुझ्नु ठिक हुन्छ ।’ भन्दै उनले हिजो सामाजिक संजाल फेसबुकमा प्रदेश १ को नामकरणबारे सटिक धारणा राखेका हुन् ।

उनले प्रदेश १ को नामकरणको विषय कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती भन्दा फरक रहेको उल्लेख गरेका छन् । प्रदेश १ मा पहिचानको लागि सशस्त्र संघर्ष नै भएको र जनताको मनोविज्ञान अन्य प्रदेशको भन्दा फरक रहेको उनले बताएका छन्। 

प्रदेश नं. १ का राजनीतिक दलहरुलाई उनको सुझाव दिएका छन्, ’यहाँको मनोविज्ञान अलिक फरक छ, यस क्षेत्रमा पहिचानका लागि सशस्त्र युद्ध नै सुरु भएको थियो र त्यसलाई पनि केही न केही सम्बोधन गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्नुस् ।’

उनले देशका धेरै स्थानमा नामहरु जातिसँग जोडिएको भए पनि त्यही कारण कतै पनि जातीय द्वन्द्व नभएको पनि लेखेका छन् । हाल प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्न एमाले र कांग्रेस मानिरहेका छैनन् । माओवादी र समाजवादीले पहिचानका आधारमा प्रदेशको नामकरण राख्नु पर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन् । 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...