News Portal

सुनवर्षी नगरपालिकाको शिवेश्वर मार्ग सडक खण्डको निर्माण गुस्तरहीन, स्थानीय असन्तुष्ट

हिमालीसंचार संवाददाता
२१५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नरपालिका वडा नं. ९ डायनियाँमा गुणस्तरहिन सडक निर्माण भईरहेको छ। नगरको शिवेश्वर मार्ग भनिएको डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जने सडक खण्डको काम गुणस्तरहिन भइरहेको हुदा स्थानीय आक्रोशित भएका छन्।  

१५ दिन अगाडि सो सडक खण्डमा मापदण्ड अनुसार काम नभएको भन्दै   सुनवर्षी नगरपालिकाकी उपमेयर मिरादेवी दासले अनुगमन समेत गरेकी थिईन्। सोहि दिन प्राविधिक सहितको टोलीले सडक अनुगमन गर्दा काम गुणस्तरहिन भेटिएको थियो। सडक निर्माण हुँदै गरेको सडकका विभिन्न स्थानमा खन्न लगाएर सडकको गुणस्तर चेकजाँच गर्दा काम गुणस्तरहिन पाइएको हो ।   

इन्तीयाज आलमको साहेमा कन्स्ट्रक्सन प्राईभेट लिमिटेडले उक्त सड्क खण्डको ठेक्का लिएको हो ।  १० दिन अगाडि गुणस्तरीय हिन काम भएको भन्दै निर्माण कार्य रोक्न उपमेयर दासले दिएको निर्देशन पुन: १० दिनपछि गुस्तरहिन कामलाई कसरी मान्यता दिईन ? चौतर्फी प्रश्न उठेको छ। ईन्जिनियर सम्भु सिहं गन्गाईका अनुसार निर्माण सडकमा अगाडिको भागमा सडक कालो पत्रेको मोटाई बढाएर काम सुरु गर्ने लगाएको भन्दै पन्छिन खोजेका छन । 

स्थानीयसंग मिलेमतो भएपछि काम सुरु भएको आरोप समेत लगाएका छन । सो बिषयमा बुझनका लागि बारम्बार फोन सम्पर्क गर्दा समेत उपमेयर दासको फोन उठेन । सो सडक निर्माणकार्य गर्नु पहिले नै कन्ट्रक्सनले सुचना पाटी अनिवार्य राख्नुपर्ने भएता पनि निर्माणकार्य सम्मपन्न भई सक्दा समेत सुचना पाटी राखिएको छैन ।  

साहेना कन्ट्रक्सनका प्रमुख इन्तीयाज आलमका अनुसार अब केही दिन भित्र सुचना पाटी राख्ने बताए । उक्त सडक खण्ड अन्तरगत २५ लाखको लागतमा २ सय ५५ मिटर लम्बाईको सडक निर्माण भईरहेको आलमले हिमालीसंचारडकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...