News Portal

  • चियासँग बिर्सेर पनि नखानुहोस् स्वास्थ्यमा नकारात्मक असर पार्ने यी खानेकुरा

    हिमालीसंचार संवाददाता
    ५९८ पटक

    काठमाडौं। धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन्। चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ। यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला।

    दुध चियाबाहेक विश्वभरीका मानिसले चियाका विभिन्न प्रकारको सेवन गर्छन्। ग्रिन टी र ब्ल्याक टीका साथै केमोमाइल र हिबिस्कस टीसम्म, चियाका विभिन्न प्रकार उपलब्ध छन्।

    चियासँग कोहीलाई बिस्कुट खान मनपर्छ भने कसैलाई पकौडा। तर केही यस्ता चिज पनि छन् जुन चियासँग कहिल्यै खानु हुँदैन। आउनुहोस्, ती खानेकुराबारे जानकारी लिऔँ।

    १) नट्स

    दुधसँग आइरनयुक्त खानेकुरा खानबाट जोगिनुपर्छ। नट्स आइरनले भरपुर हुन्छन् त्यसैले चिसासँग नट्स खाँदा स्वास्थ्यमा गलत असर पर्न ससक्छ त्यसैले चियासँग नट्स खानु हुँदैन।

    २) आइरनले भरपुर सागसब्जी

    आइरनले भरपुर चिजलाई चियासँग खानु हुँदैन। यस्तो यसकारण किनभने चियामा टेनिन र ओक्सालेट हुन्छ जसले आइरनयुक्त चिजलाई अब्जर्ब हुनबाट रोक्छ। त्यसैले आइरनले भरपुर खाद्य पदार्थ जस्तै: नट्स, हरियो पत्तेदार सागसब्जी, दाल, गेडागुडीलगायतका खानेकुरा चियासँग खानु हुँदैन।

    ३) कागती

    कागती मिसाइएको चिया पिउने सल्लाह फिटनेस इन्डष्ट्रिमा धेरै नै दिइन्छ किनभने केहीलाई लाग्न सक्छ कि यसले तीब्र रुपमा तौल कम गर्न सहयोग गर्छ। तर त्यस्ता मानिसहरुले के बुझ्नुपर्छ भने चियामा कागतीमा रस मिसाउँदा त्यो अम्लीय हुनसक्छ र शरीरमा सुजनको कारण बन्न सक्छ।

    कागतीको चियाको सेवन यदि बिहान खाली पेटमा गर्ने हो भने एसिड रिफ्लेक्स र हार्टबर्नजस्ता समस्या पनि हुनसक्छ। त्यसैले तपाईं यस्ता चियाबाट टाढै बसेको राम्रो।

    ४) बेसन

    पकौडा वा निम्कीसँग चिया पिउनु साधारणजस्तो देखिन सक्छ। धेरै मानिसहरुले यस्तो गर्ने गर्छन्। विज्ञका अनुसार चियासँग बेसनले बनेका खानेकुरा खाँदा पाचन सम्बन्धि समस्या हुनसक्छ र यसले शरीरको पोषक तत्वलाई अवशोषित गर्ने क्षमतालाई पनि कम गर्ने गर्छ। त्यसैले चियासँग बेसनले बनेका खानेकुराको सेवन नगरेकै राम्रो।

    ५) बेसार

    चिया पिउने बेला बेसार भएका खाद्य पदार्थबाट बच्नुपर्छ किनभने यसले पनि पेटमा ग्यास, एसिडिटी वा कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ। बेसार र चियापत्ती एक अर्कासँग अनुकूल हुँदैनन् त्यसैले कहिल्यै पनि बेसारयुक्त खानेकुरा चियासँग नखानुहोस्।

    ६) चिसा खानेकुरा

    कहिल्यै पनि चिसा चिजलाई तातो चियासँग वा चिया पिउने बित्तिकै खानुहुँदैन। यस्तो गर्दा पाचन सम्बन्धि समस्या हुनसक्छ।

    अलग–अलग तापक्रमका खाद्य पदार्थलाई एकैपटक सेवन गर्दा पाचन क्रिया कमजोर हुनसक्छ र बान्ता आउला जस्तो हुन्छ। तातो चिया पिएपछि कम्तीमा आधा घण्टासम्म केही पनि चिसो खानबाट जोगिनुहोस्।
    एजेन्सीको सहयोगमा।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको...

    आज २०८२ साल भदौ १० गतेको राशिफल

    आज भदौ १०, २०८२ (अगस्त २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...