आज : २०२६-०६-१३, शनिबार

मोरङको सुनबर्षी नगरपालिकाको दुई जना अशक्त बालकलाई ह्रिलचियर वितरण

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं. ५ स्थित टकुवाका दुई जना अपाङगता भएका बालकलाई ह्विलचिएर वितरण गरिएको छ ।

अशक्त बालबालिकाहरुलाई विधालयसम्म पुग्न र घरबाट बाहिर निस्कदा समेत भौतिक समस्यामा रहेका सुनवर्षी वडा नं.  ५ का  प्रशुराम पासवानका १० बर्षीय छोरा रोहित पासवान र शम्भु मंडलका १२ बर्षीय छोरा अरविन्द मंडललाई ह्वलचियर वितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुरले हिमालीसंचारडटकमसंग बताए । 

जन्मजात अपांग रहेका बालबालिकाको लागि रंगेली नगरपालिका वडा नं. ७ का समाजसेवी मनोज सोनीले उक्त ह्विलचियर प्रदान गरेको अर्को स्थानीय समाजसेवी कमलेश्वर ठाकुरले हिमालीसंचारडटकमसंग बताए ।