News Portal

धरानको मेयर राईको प्रश्न: यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके?

हिमालीसंचार संवाददाता
२४३६३ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले नेपालको तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति कडा प्रश्न गरेका छन्। उनले सामाजिक संजाल फेसबुक पेज मार्फत सम्बन्धित जनप्रतिनिहरुलाई लक्षित प्रश्न गरेका हुन्।

धरानका नगर प्रमुख राईले तुइन समस्या सर्वसाधारणको बाध्यता देखाउदै एक तस्विर सार्वजनिक गर्दै उनले यस विषयमा कडा आपत्ती जनाएका हुन् ।

उनी लेख्छन् ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके? बेस्सरी गाली गर्नु मन लाग्छ यस्तो देख्दा, तर के गर्नु फेरि कुल्ली मेयर भनेर नाम पाएको छु । त्यसमा अराजक कुल्ली मेयर भनेर संशोधन होला भन्ने पिर !’

उनले सार्वजनिक गरेका फोटोमा एक महिला बर्षे भेल ठुलो खोलामाथि तुइनमा झुडिएर जोखिमपूर्ण यात्रा गरिरहेको देखिन्छ । विशेष गरी नेपालको सुदुरपश्चिम र कर्णालीका जनतामा तुइनमा यात्रा गर्न बाध्य छन् । लामोसमय यही मुद्धालाई चुनाव नारा बनाएका नेताहरुले चुनाव जितिसकेपछि वेवास्ता गर्दै आएका छन्।  

यो तुईन विस्थपन नहुदा बर्षेनी निर्दोष जनताले अनाहकमा सर्वसाधरणहरुले ज्यान गुमाउनु परिरहेको छ। तुइन समस्यामाथि राज्यको गम्भीरता देखिदैन। नेपालबाट तुइन विस्थापन गर्नका लागि विभिन्न समयमा आवाज उठे पनी दीर्धकालिन समस्य समाधान हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...