News Portal

  • प्रदेश १ नामकरण वहस: नेपाली कांग्रसले भूगोलको आधारमा प्रस्ताव गर्यो

    कांग्रेस सप्तकोशी, राप्रपा सगरमाथा, एमाले कोशी, समाजवादी कोशीकिरात र माओवादी किरात प्रदेश प्रस्ताव गरेका छन्

    हिमालीसंचार संवाददाता
    ३०८ पटक

    विराटनगर – प्रदेश १ को नाम प्रस्ताव गर्न हच्किरहेको सत्तारूढ दल नेपाली कांग्रेसले पनि अन्ततः मुख खोलेको छ। नेपाली कांग्रेसले पनि एमाले र राप्रपाले झैं भौगोलिक आधारमा नाम राख्न प्रस्ताव गर्दै प्रदेशको नाम ‘सप्तकोशी’ राख्नुपर्ने प्रस्ताव राखेको छ।

    विराटनगरमा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसले अन्य दलका प्रस्ताव सुनेर तिनैबाट विकल्प खोज्नुपर्ने बताउदै आइरहेका थिए। तर, सर्वदलीय बैठकमा नेपाली कांग्रेसले कुनै नाम प्रस्ताव नगरेको विरोध भएपछि कांग्रेसको आलोचना शुरु भएपछि पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

    नेपाली कांग्रेस प्रदेश नं. १ प्रमुख सचेतक सूर्यर्माराज राईका अनुसार; ‘हाम्रो कुनै प्रस्ताव नै नभएको भन्ने कुरा सहि होइन’ ‘हाम्रो प्रस्ताव सप्तकोशी प्रदेश रहेको छ।’ हामी सहमतिका आधारमा प्रदेशको नामाकरण गर्ने छौ।

    प्रदेश १ को नामका लागि मूख्य विपक्षी एमालेले ‘कोशी’ प्रस्ताव गर्दा राप्रपाले सगरमाथा प्रस्ताव गरेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रले किरात प्रदेश, एकीकृत समाजवादीले कोशी वा सगरमाथामा किरात जोडेर बहुपहिचानयुक्त बनाउन प्रस्ताव गरेको छ।

    जसपाले किरात लिम्बुवान शेर्पालुङ मधेश र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले लिम्बुवान किरात नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्। प्रदेश नं. १ का राजनैतिक दलहरु जारी बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने कसरतमा जुटेका छन्। यता पुर्वाञ्चलका जनता संविधानको सम्मान गरेर जनभावना अनुरुप प्रदेश नं.१ को नामाकरण गर्दा बहुपहिचानको आधारमा नामाकरण गर्नु पर्ने सामाजिक संजालमा दवाव दिइरहेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...