News Portal

प्रदेश १ नामकरण वहस: नेपाली कांग्रसले भूगोलको आधारमा प्रस्ताव गर्यो

कांग्रेस सप्तकोशी, राप्रपा सगरमाथा, एमाले कोशी, समाजवादी कोशीकिरात र माओवादी किरात प्रदेश प्रस्ताव गरेका छन्

हिमालीसंचार संवाददाता
३३६ पटक

विराटनगर – प्रदेश १ को नाम प्रस्ताव गर्न हच्किरहेको सत्तारूढ दल नेपाली कांग्रेसले पनि अन्ततः मुख खोलेको छ। नेपाली कांग्रेसले पनि एमाले र राप्रपाले झैं भौगोलिक आधारमा नाम राख्न प्रस्ताव गर्दै प्रदेशको नाम ‘सप्तकोशी’ राख्नुपर्ने प्रस्ताव राखेको छ।

विराटनगरमा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसले अन्य दलका प्रस्ताव सुनेर तिनैबाट विकल्प खोज्नुपर्ने बताउदै आइरहेका थिए। तर, सर्वदलीय बैठकमा नेपाली कांग्रेसले कुनै नाम प्रस्ताव नगरेको विरोध भएपछि कांग्रेसको आलोचना शुरु भएपछि पार्टीको धारणा सार्वजनिक गरेका हुन्।

नेपाली कांग्रेस प्रदेश नं. १ प्रमुख सचेतक सूर्यर्माराज राईका अनुसार; ‘हाम्रो कुनै प्रस्ताव नै नभएको भन्ने कुरा सहि होइन’ ‘हाम्रो प्रस्ताव सप्तकोशी प्रदेश रहेको छ।’ हामी सहमतिका आधारमा प्रदेशको नामाकरण गर्ने छौ।

प्रदेश १ को नामका लागि मूख्य विपक्षी एमालेले ‘कोशी’ प्रस्ताव गर्दा राप्रपाले सगरमाथा प्रस्ताव गरेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रले किरात प्रदेश, एकीकृत समाजवादीले कोशी वा सगरमाथामा किरात जोडेर बहुपहिचानयुक्त बनाउन प्रस्ताव गरेको छ।

जसपाले किरात लिम्बुवान शेर्पालुङ मधेश र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले लिम्बुवान किरात नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्। प्रदेश नं. १ का राजनैतिक दलहरु जारी बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने कसरतमा जुटेका छन्। यता पुर्वाञ्चलका जनता संविधानको सम्मान गरेर जनभावना अनुरुप प्रदेश नं.१ को नामाकरण गर्दा बहुपहिचानको आधारमा नामाकरण गर्नु पर्ने सामाजिक संजालमा दवाव दिइरहेका छन्। 

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...