News Portal

चर्चित सर्जक हरि बिष्टको गित “तिम्रो फोटो” सार्वजनिक (भिडीयो सहित)

बुद्वि सिंह ठकुरी
७१९ पटक

काठमाण्डौं : पश्चिम नेपालको लोकप्रिय टिपिकल झ्याउरे गित ‘तिम्रो फोटो’ बजारमा ल्याईएको छ । हरी बिष्ट र ज्योती मगरको स्वरमा बनेको उक्त गित र यसको भिडियो दशै–तिहारको छेको पारेर आज शुक्रवार दर्शक श्रोताको माँझ ल्याईएको हो ।

गितमा समावेस शब्द र संगित गायक विष्टकै हो । ‘तिम्रो फोटो शिरानी मुनी, फोटोसँग वोलेर नहुनी’ बोलको डान्स प्याटनको उक्त झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस वुगिवुगीलाई निकै भिन्न शैलीमा उतारिएको छ ।

५ मिनेट ४१ सेकेण्ड लामो गितको भिडियो दोव्वर लामो चलचित्र जस्तै छ । यसमा ईन्ट्रि, मध्यान्तर र ईण्डिङलाई निकै भिन्न किसिमले प्रस्तुत गरिएको छ ।

नेपाल टेलिभिजनवाट प्रशारण भएको छमछमी–३ का कलाकार मनिता राई र शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य हेर्न लायक छ । गित हेर्दा दर्शक श्रोता रमाईलो मान्नेछन् ।

झण्डैं ४० गित बजारमा ल्याईसकेका गायक विष्ट संगित क्षेत्रका अब्वल गितकार तथा संगितकार पनि हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपालीले, नरेशविर सिंहले कोरियोग्राफी रहेको भिडियोलाई स्वय गायक बिष्टलेनै निर्देशन गरेका हुन । यो गीतलाई गगांमाला फिल्मस्ले बजारमा ल्याएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...