News Portal

चर्चित सर्जक हरि बिष्टको गित “तिम्रो फोटो” सार्वजनिक (भिडीयो सहित)

बुद्वि सिंह ठकुरी
७७९ पटक

काठमाण्डौं : पश्चिम नेपालको लोकप्रिय टिपिकल झ्याउरे गित ‘तिम्रो फोटो’ बजारमा ल्याईएको छ । हरी बिष्ट र ज्योती मगरको स्वरमा बनेको उक्त गित र यसको भिडियो दशै–तिहारको छेको पारेर आज शुक्रवार दर्शक श्रोताको माँझ ल्याईएको हो ।

गितमा समावेस शब्द र संगित गायक विष्टकै हो । ‘तिम्रो फोटो शिरानी मुनी, फोटोसँग वोलेर नहुनी’ बोलको डान्स प्याटनको उक्त झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस वुगिवुगीलाई निकै भिन्न शैलीमा उतारिएको छ ।

५ मिनेट ४१ सेकेण्ड लामो गितको भिडियो दोव्वर लामो चलचित्र जस्तै छ । यसमा ईन्ट्रि, मध्यान्तर र ईण्डिङलाई निकै भिन्न किसिमले प्रस्तुत गरिएको छ ।

नेपाल टेलिभिजनवाट प्रशारण भएको छमछमी–३ का कलाकार मनिता राई र शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य हेर्न लायक छ । गित हेर्दा दर्शक श्रोता रमाईलो मान्नेछन् ।

झण्डैं ४० गित बजारमा ल्याईसकेका गायक विष्ट संगित क्षेत्रका अब्वल गितकार तथा संगितकार पनि हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपालीले, नरेशविर सिंहले कोरियोग्राफी रहेको भिडियोलाई स्वय गायक बिष्टलेनै निर्देशन गरेका हुन । यो गीतलाई गगांमाला फिल्मस्ले बजारमा ल्याएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...