News Portal

भारतको सिलिगुडीदेखि काठमाडौंसम्म बस सेवा सुरु

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौं – भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ। नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको हो ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो। सोही सम्झौता अनुरुप नेपाल भारत पस सेवा संचालन भएको हो।

भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसनको मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्रालिले भारतीय नम्बर प्लेटको सवारी साधनबाट सिलिगुडी–काठमाडौं बस सेवा सुरु गरेको हो। ग्रिनलाइन कम्पनीको एसीजडित सुविधासम्पन्न डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गरेको जनाएको छ।

यसअघि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन अन्तर्गत नेपाली नम्बर प्लेटको सवारीसाधनले निरन्तर सेवा प्रदान गरिरहेको छ। भारतीय नम्बर प्लेटको सवारी साधनले बुधबारबाट सुरु गरेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । सिलिगुडीबाट काँकरभिट्टा पुगेको बसका चालक, सहचालक, परिचालकसहित यात्रुहरुलाई पूर्वीनाकाबाट नेपाली ढाकाको टोपी र खादासहित यात्रा सफलताको शुभकामना दिएको थियो । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक सहर काठमाडौंमा सिलिगुडीबाट सिधै बस प्रवेश हुनु आपसी सम्बन्ध राम्रो हुनु र यात्रु लाभान्वित हुनु हो।

मेची नगर वडा नम्बर—६ का वडाध्यक्ष ललितकुमार तामाङले दुई देशबीच मैत्रीपूर्ण बस सेवा सञ्चालन एक कोसेढुंगा सावित हुने भन्दै आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्न तत्पर रहेको बताए । भारतका पर्यटक नेपाल आउन र नेपालका पर्यटक भारतसम्म जान अब निकै सहज हुनेछ ।

सीमामा आउजाउ गर्ने मानिसले भोग्दै आएका समस्या पनि बस सेवाले केही कम हुने नाटाका अध्यक्ष श्रेष्ठले बताए । भारतको आसाम, मेघालयदेखिका यात्रुहरुले समेत यो सवारीसाधन प्रयोग गर्न सक्ने र सहज रुपमा यात्रा गर्न सक्ने उहाँको भनाइ छ । मैत्री बस सेवा सुरु भएपछि दुवै देशका यात्रुहरूलाई लाभ मिल्नेछ । यसका साथै सीमा क्षेत्रमा लुटिने समस्याको समेत अन्त्य हुने अपेक्षा गरिएको छ ।

तेन्जिङ नोर्गे सिलिगुडी बस टर्मिनलबाट साढे २ बजे बस काठमाडौंका लागि छुटेको हो । यात्रु क्षमता ४२ भए पनि बसमा २२ जना यात्रु मात्र थिए । सातै दिन बसले सेवा दिने छ । सिलिगुडीदेखि काठमाडौंको ६ सय ४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्छ । त्यसका लागि यात्रुले १ हजार ५ सय भारु वा २ हजार ४ सय नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ ।

यसअघि दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । नेपाल र भारत दुवै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको थियो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको थियो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...