आज : २०२६-०६-१९, शुक्रबार

रामेछापमा १५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

पुष्कर खड्का – रामेछापमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार विवाह गर्छु भनि १५ वर्षीय नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार रहेको माझिलाई मंगलबार सिन्धुलीको ग्वालटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालेले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार मन्थली नगरपालिका वडा नं १ बसपार्क स्थित हरि माझीको घरमा सपनी माझीले कृतिका थकाली गेष्ट हाउस संचालन गर्दै आएकोमा सोही गेष्ट हाउसमा ललाई फकाई गरि करणी गरेको अनुसन्धनबाट खुलेको बताउनु भयो।पक्राउ परेका माझीलाई जिल्ला अदालत रामेछापबाट म्याद मिलान गरेर अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनाएको छ।