News Portal

रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुने सबै १३ जना मृतकको सनाखत

हिमालीसंचार संवाददाता
२७९ पटक

पुष्कर खड्का – रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटना बाट ज्यान गुमाउने सबै १३जनाको सनाखत भएको छसुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाटबेथान हुँदै काठमाडौंतर्फ जादै गरेको बा ३ ख ८३९६ को बस लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन्।

उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन्।दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...