News Portal

नेपालले जित्यो टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि

हिमाली संचार संवाददाता
७८६ पटक

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।

लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको छ । तर, भारी वर्षाका कारण ट्रफी प्रिजेन्टेसनसमेत हुन सकेन। लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा अगाडि निकै अगाडि छ ।

मलेसिया पनि अघिल्लो चरणमा

नेपाल र सिंगापुरले यसअघि टी-२० विश्वकप छनोटको एसिया फाइनलमा स्थान बनाइसकेका थिए । तर, अन्तिम टोली टुंगो लागेको थिएन । शुक्रबार चीनलाई १० विकेटले हराएसँगै मलेसिया अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

थाइल्याण्डको समान ७ अंक भएपनि नेट रन रेटका आधारमा मलेसिया तेस्रो बन्न सफल भएको छ ।

अब एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपालसहित सिंगापुर र मलेसियाले एसिया फाइनल खेल्नेछन् । ६ टोलीले एकअर्कासँग खेल्दा शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...