News Portal

सामाजिक संजाल टिकटकको प्रयोग गरी प्रविधिको दुरुपयोग गरियो: एमाले नेता शाह

हिमालीसंचार संवाददाता
२१७ पटक

काठमाडौं – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताएका हुन् । 

सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भूमिका छैन । ममाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’ आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको भिडियो देखिन्थ्यो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

तर, शाहले भने भिडियोमा आफूलाई कुनै रियाक्शनबिना सुताइएको बताए । ‘इमोसनले’ ढङ्गले प्रस्तुत भएको छ । मेरा आँखासँगै जुँगापनि ठूला–ठूला बनाएर प्रस्तुत गरिएको छ,’ शाहले भने,‘ कुरा उठिसकेपछि मैले स्पष्टिकरण गर्न जरुरी हुन्छ ।  किनकी हामी समाजप्रति उत्तरदायी छौँ । समाजप्रति बफादार छौँ, हामीले  समाजमा गर्ने एउटा सानो गल्तीले त्यसले ठूलो प्रभाव पार्छ भन्ने हामीले बुझेका छौँ ।’ 

शाहले समाजमा नकारात्मक सन्देशहरू र विकृत  हुने भएकाले आफूले त्यस्तो हर्कत नगरेको दाबी गरे । उनले भने,‘ मलाई अन्याय पर्यो भनेर न्याय माग्न पत्रकारहरुसमक्ष आएको हुँ । उक्त भिडियोमा देखिएको मान्छे म हैन प्रविधिको गलत प्रयोग गरिएको हो । मैले आफू बच्नलाई यस्तो भनेको होइन। म ¥यालिटीमा रहेर कुरा गर्दै छु ।’ उनले भनेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...