News Portal

  • सुनसरीको धरानमा ‘मिस धरान २०२२’ को अडिसन शुरु

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    धरान –  सुनसरीको धरानमा युवतीहरूको प्रतिभा प्रस्फुटनको लागि आयोजना गरिएको ‘मिस धरान २०२२’ को पहिलो अडिसन सम्पन्न भएको छ। “मिस धरान २०२२” अडिसन दिनका लागि कम्तिमा एसइई उत्तीर्ण युवतीहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्चमाध्यमिक तहदेखि स्नातक तहमा अध्ययनरत युवतीहरूको सहभागिता रहेको थियो।

    पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो। आवेदन शुल्क निशुल्क रहेको थियो। प्रतिस्पर्धीहरुको बोल्ने शैली, आइक्यु लगायतका सामान्य सवाल जवाफबाट छनौट गरिने आयोजकले जानकारी दिए।  

    धरानमा सम्पन्न अडिसनमा फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ को पहिलो अडिसनका निर्णायकहरू मिस पूर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फर्स्ट रनर अप इक्सा मादेन, मिस तामाङ २०१९ प्रदेश १ कि विजेता तथा कोरियोग्राफर प्रोजिता तामाङ, मिस टुरिजम २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए।  

    आगामी बुधबार दोस्रो अडिसन गरी ‘मिस धरान २०२२’ को ट्रेनिङ सुरु गरिने आयोजकले जनाएको छ।  अडिसनबाट  छानिएका प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ।

    साउन दोस्रो साता हुने फिनालेबाट मिस धरान २०२२ विजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसङ्गै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्प्लेक्स लगायतका विभिन्न सव-टाइटलको उपाधि घोषणा गर्ने कार्यतालिका रहेको आयोजकले जनाएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...