News Portal

सुनसरीको धरानमा ‘मिस धरान २०२२’ को अडिसन शुरु

हिमालीसंचार संवाददाता
२३५ पटक

धरान –  सुनसरीको धरानमा युवतीहरूको प्रतिभा प्रस्फुटनको लागि आयोजना गरिएको ‘मिस धरान २०२२’ को पहिलो अडिसन सम्पन्न भएको छ। “मिस धरान २०२२” अडिसन दिनका लागि कम्तिमा एसइई उत्तीर्ण युवतीहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्चमाध्यमिक तहदेखि स्नातक तहमा अध्ययनरत युवतीहरूको सहभागिता रहेको थियो।

पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो। आवेदन शुल्क निशुल्क रहेको थियो। प्रतिस्पर्धीहरुको बोल्ने शैली, आइक्यु लगायतका सामान्य सवाल जवाफबाट छनौट गरिने आयोजकले जानकारी दिए।  

धरानमा सम्पन्न अडिसनमा फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ को पहिलो अडिसनका निर्णायकहरू मिस पूर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फर्स्ट रनर अप इक्सा मादेन, मिस तामाङ २०१९ प्रदेश १ कि विजेता तथा कोरियोग्राफर प्रोजिता तामाङ, मिस टुरिजम २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए।  

आगामी बुधबार दोस्रो अडिसन गरी ‘मिस धरान २०२२’ को ट्रेनिङ सुरु गरिने आयोजकले जनाएको छ।  अडिसनबाट  छानिएका प्रतियोगीहरूलाई व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ।

साउन दोस्रो साता हुने फिनालेबाट मिस धरान २०२२ विजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसङ्गै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्प्लेक्स लगायतका विभिन्न सव-टाइटलको उपाधि घोषणा गर्ने कार्यतालिका रहेको आयोजकले जनाएका छन् । 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...