News Portal

नुवाकोटमा बस दुर्घटनाः घाईतेहरुको ग्राण्डी अस्पतालमा उपचार हुँदै

हिमाली संचार संवाददाता
६७६ पटक

काठमाडौं– नुवाकोटमा आज भएको बस दुर्घटनाका घाईतेहरुको काठमाडौं धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको राउतबेसी, खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान १० बजे सूर्यगढी गाउँपालिका ५ माछापोखरी नजिक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

घाइतेहरुमध्ये चालकसहित १० जनालाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको छ । ४ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ल्याएको र ६ जना अन्य सवारीसाधन प्रयोगगरी अस्पतालको आकस्मिक उपचार कक्षमा आइपुगेका हुन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेका १० जना घाइतेहरुमा नुवाकोट तादि गाँउपालीका वडा नं तीन की ४० वर्षीया मिना श्रेष्ठ, तादी गाँउ पालिका तीनकी अर्की ३० वर्षीय  मीना श्रेष्ठ, ३५वर्षीय शोभा पण्डित, १४ वर्षीय एनीका पण्डित,१७ वर्षीया मनिषा पण्डित र चालक तादि गाँउपालिका वार्ड नं तीन का ३३ वर्षीय सञ्जय लामा रहेका छन् त्यसैगरी तादि गाँउपालिका वडा नम्बर चारकी ३३ बर्षिय सरिता तामाङ र ११ वर्षीय सिद्धार्थ तामाङ रहेका छन्।

त्यसैगरी, दुप्चेश्वर गाँउपालिकाकी १८ बर्षिय फुलमायाँ तामाङ रहेकी छन् । बसका सहचालक नुवाकोट लिखु गाँउपालिका वडा नम्बर चार चौघडाका बर्ष २० का अरुण परियार रहेका छन् ।

घाइतेहरुको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका अर्थोपेडिक सर्जन डा.चक्रराज पाण्डे नेतृत्वको टोली संलग्न रहेको छ । घाइतेहरुको उपचार इमर्जेन्सी,एनेस्थेसिया,क्रिटिकल केयर, अर्थोपैडिक, भास्कुलर सर्जरी लगायतका बिभागको सहकार्यमा भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले जानकारी दिएका छन् । तस्विरः ग्रान्डि अन्तर्राष्ट्रिय अस्पताल

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...