News Portal

  • नुवाकोटमा बस दुर्घटनाः घाईतेहरुको ग्राण्डी अस्पतालमा उपचार हुँदै

    हिमाली संचार संवाददाता
    ६२० पटक

    काठमाडौं– नुवाकोटमा आज भएको बस दुर्घटनाका घाईतेहरुको काठमाडौं धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

    नुवाकोटको राउतबेसी, खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान १० बजे सूर्यगढी गाउँपालिका ५ माछापोखरी नजिक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

    घाइतेहरुमध्ये चालकसहित १० जनालाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको छ । ४ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ल्याएको र ६ जना अन्य सवारीसाधन प्रयोगगरी अस्पतालको आकस्मिक उपचार कक्षमा आइपुगेका हुन्।

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेका १० जना घाइतेहरुमा नुवाकोट तादि गाँउपालीका वडा नं तीन की ४० वर्षीया मिना श्रेष्ठ, तादी गाँउ पालिका तीनकी अर्की ३० वर्षीय  मीना श्रेष्ठ, ३५वर्षीय शोभा पण्डित, १४ वर्षीय एनीका पण्डित,१७ वर्षीया मनिषा पण्डित र चालक तादि गाँउपालिका वार्ड नं तीन का ३३ वर्षीय सञ्जय लामा रहेका छन् त्यसैगरी तादि गाँउपालिका वडा नम्बर चारकी ३३ बर्षिय सरिता तामाङ र ११ वर्षीय सिद्धार्थ तामाङ रहेका छन्।

    त्यसैगरी, दुप्चेश्वर गाँउपालिकाकी १८ बर्षिय फुलमायाँ तामाङ रहेकी छन् । बसका सहचालक नुवाकोट लिखु गाँउपालिका वडा नम्बर चार चौघडाका बर्ष २० का अरुण परियार रहेका छन् ।

    घाइतेहरुको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका अर्थोपेडिक सर्जन डा.चक्रराज पाण्डे नेतृत्वको टोली संलग्न रहेको छ । घाइतेहरुको उपचार इमर्जेन्सी,एनेस्थेसिया,क्रिटिकल केयर, अर्थोपैडिक, भास्कुलर सर्जरी लगायतका बिभागको सहकार्यमा भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले जानकारी दिएका छन् । तस्विरः ग्रान्डि अन्तर्राष्ट्रिय अस्पताल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...