News Portal

  • रामेछापको गोकुलगंगा गाउँपालिकाले बाँड्यो ७० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर

    हिमालीसंचार संवाददाता
    २८० पटक

    पुष्कर खड्का रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ।किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गोकुलगंगा गाउँपालिकाले जनाएको छ।

    कृषकलाई खेती गर्न सहज होस् भनेर ७० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले बताउनु भयो।

    उहाँको जानकारी अनुसार कृषि सरल र सहज बनाउन किसानलाई कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि कृषकलाई चालु आर्थिक वर्ष ०७८-०७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर एवं मिनीटिलर किसानलाई शुक्रबार हस्तान्तरण गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो।

    युवाहरू विदेश तर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन्।

    कृषि उत्पादन बढाउन र आयआर्जनमा वृद्धि गर्नेको लागि आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकामा खेती गर्दै आएका स्थानीय किसान हरुलाई उनीहरुको ३० प्रतिशत लागत साझेदारीमा मिनीटिलर हस्तान्तरण गरिएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद सुबेदीले जानकारी दिनु भयो।

    उहाँको जानकारी अनुसार पहिले गाउँपालिका भित्रका किसानहरुको मागलाई बुझेर हाल सम्म कुनै पनि संघसंस्थाबाट यस्ता कृषि यन्त्रउपकरण नपाएका ५९ जनालाई एक- एक वटा मिनीटिलर वितरण गरिएको बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...