News Portal

रामेछापको गोठगाउँ गोगनेमा काँग्रेस उपसभापति गुरूङ सवार गाडी दुर्घटना

हिमालीसंचार संवाददाता
२८० पटक

पुष्कर खड्का रामेछाप – रामेछापको गोठगाउँ गोगनेमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना भएको छ।

उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको रामेछाप नगरपालिका वडा नं(१ गोठगाउँ गोगने स्थित पानी चौर भन्ने स्थानमा दुर्घटना भएको रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्कीले जानकारी दिनु भयो।

उहाँले दिएको जानकारी अनुसार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको श्रीमतीको निधन भएकोमा उहाँको परिवार जनप्रति समवेदना प्रकट गर्ने ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका खिजि फलाटे निजि निवासमा बुधबार पुगेर आज बिहिवार रामेछाप मन्थली तर्फ फर्किने क्रममा गाडी दुर्घटना भएको बताउनु भयो।

स्कार्पियो गाडी सडक किनारबाट थोरै तल झरेको तर अगाडि ढुंगाको ओत लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उपसभापति गुरूङले सामाजिक संजाल फेस्बुक मार्फत जानकारी दिनुभएको छ । उहाँले आफू सहित सबै जना सवार सकुशल रहेको जानकारी गराउनुभएको छ।

उहाँले सामाजिक संजाल फेस्बुक,ट्वीटरमा गाडीको फोटो राख्दै लेख्नुभएको छ, ‘ठूलो घटना हुनबाट जोगियो रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।गाडीमा सवार उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...