News Portal

बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गरियो : अभिषेकप्रताप साह

हिमाली संचार संवाददाता
५८७ पटक

काठमाडाैं : नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप साहले आपत्ति जनाएका छन् ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा भएपछि यसको गलत फाइदा उठाउदै आफ्नो चरित्र हत्या गर्न खोजिएको सांसद साहले जनाएका छन् ।

नेपालपानासंगको कुराकानीमा साहले भने, ‘मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा म त्यहाँ पुगेको हुँ । त्यस कार्यक्रममा बुद्ध भारतमा जन्मिएको भनेर कुनै किसिमको प्रचार गरिएको पनि छैन र मैले कतै यस्तो कुरा बोलेको पनि छैन् ।

म आफै बुद्ध भुमिमा जन्मेको मान्छे, यस क्षेत्रको विकास र बुद्धको जन्मभुमिलाई अन्तराष्ट्रियकरण गर्नमा लागि परेको मान्छे हुँ । यसैमा केहि मानिसहरुलाई मन परेको छैन । गलत प्रचार गरेर बुद्धको जन्मस्थल लाई विवादित बनाएर राजनीति गर्न खोजेका छन् ।’

कुराकानीको क्रममा साहले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै काठमाडाैंमा सम्पन्न भएको विमस्टेक सम्मेलनमा समेत बुद्ध नेपालमा जन्मेको भनेर भनि सकेपछि यसमा विवादको कुरा के रह्यो र ? भारतका प्रधानमन्त्रीले यसरी बोल्नु भनेको सामान्य कुरा होइन नी । अझ म नेपालको माटोमा हुर्केको मान्छे । बुद्धको जन्मस्थलमा जन्मेको मान्छे । यहिबाट जनताको भारी मतले जितेको मान्छे । उल्टै बुद्ध भारतमा जन्मे भनेर भन्छु होला त ?

मेरा विरुद्ध षडयन्त्र भएको छ । म यसको खुलेर सामना गर्न तयार छु । बुद्ध नेपालमा जन्मिएका हुन् । यसमा विवाद गर्नु पर्ने कुरै छैन् । कसैले बुद्ध भारतमा जन्मेका हुन भन्छ भने मेरै नेतृत्वमा आन्दोलन हुन्छ ।’ नेपालपाना

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...