News Portal

  • उदयपुरको तिल्केचौरमा जमिन भासियो, स्थानीयद्वारा बस्ति स्थानान्तरणको माग

    हिमालीसंचार संवाददाता
    १४४ पटक

    प्रीयजन राई/उदयपुर – उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. १० तिल्केचौरमा बस्ति भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि वडा नं. १० स्थित १७ घर परिवार उच्च जोखिममा परेको छ ।

    अविरल बर्षाका कारण कटारी नगरपालिका वडा नं. १० तिल्केचौर बस्ति अविरल वर्षातसँगै पहिरोको उच्च जोखिममा परेको हो । बस्ति माथिको जमिन धाँजा परेर भासिँएपछि तिल्केचौर पहिरोको उच्च जोखिममा परेको हो ।बस्तीभन्दा करिब २ सय मिटर माथि लामो धाँजा परेर जमिन भासिएको छ । जमिन भासिँदै जाँदा तिल्केचौरका १७ घर परिवार उच्च जोखिममा परेका हुन्। 

    अविरल बर्षाका कारण जमिन भासिँदा स्थानीय डाकबहादुर थापा, दिलबहादुर थापा, बालकृष्ण थापा, मानकुमारी कार्की, मिनबहादुर थापा, भुपेन्द्र बगाले थापा, केशब बस्नेत, लालबहादुर थापा, यज्ञबहादुर थापा, दुर्गाबहादुर थापा, रमेश थापा, लिलबहादुर थापा र अशोक बिष्टको घर  उच्च जोखिममा रहेको कटारी नगरपालिका वडा नं. १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले हिमालीसंचारडटकमसंग बताए।  

    जिल्लाको तिल्केचौरको १७ घर रहेको बस्ति वरपर जताततै जमिन भासिएको छ। त्यसमध्ये पनि बालकृष्ण, डाकबहादुर, मिनबहादुर, यज्ञबहादुर र भूपेन्द्रको घर उच्च जोखिममा रहेको छ । बस्ति भन्दा माथिबाटै जमिन भासिएकोले पहिरोको जोखिम उच्च रहेको उनले बताए । जमिन भासिँदा सिंगो बस्ति नै पहिरोको उच्च जोखिममा छ। वर्षातको समय भन्दा अगाडी नै पानी निरन्तर परिरहेका कारण पहिरोको उच्च जोखिम बढेको हो।

    अघिल्लो वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले नगरका वडा नम्बर १० मा १७ घर धुरी विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबास योग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुन सकेको छैनन् ।

    अविरल वर्षातसँगै तिल्केचौरबासी अहिले त्रासमा छन् । नगरपालिकाले तत्काल भूगर्भविद झिकाएर अध्यायन गराउने भनिए पनि कोरोना कहरले गर्दा सम्भव नभएको बताए । तिल्केचौरबासीमा पहिरोको त्रास कायम रहेको वडाध्यक्ष खड्काको भनाई रहेको छ । भूर्गभविद ल्याउने निर्णयसँगै बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थानको खोजीमा लागेको लागी नगरपालिकाले अघिल्लो वर्ष निर्णय भएको थियो । तर कार्यान्वयन हुन सकेनन् । हामी निर्बाचित भएर आएकाछौं अघिल्लो निर्णय बमोजिम के गर्न सकिन्छ त्यसका लागि पहल हुने वडाध्यक्ष खड्काले पुन प्रतिबद्धता जाहेर गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २६ गतेको राशिफल

    आज असार २६, २०८२ (जुलाई १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...