News Portal

  • मोरङको बेलबारी नगरपालिकाले जनप्रतिनिधिलाई साडी र झोला वितरण ग-यो

    हिमालीसंचार संवाददाता
    ५३६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको बेलबारी नगरपालिकाले नवनिर्वाचित महिला जनप्रतिनिधिलाई १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचित जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना समेत गरेका छन् । 

    मोरङको बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको नगरपालिकाले जनाएको छ । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । बेलबारी नगरले ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई वितरण गरिएको नगरपालिका स्रोतले बताए । बेलबारी नगरपालिकाकी उपमेयर निता थापा कोइरालाले नै महिला जनप्रतिनिधिका लागि साडी खरिद गरेर ल्याएकी थिइन् । 

    नगरपालिकाको लेखा शाखाले उनीहरुकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । ‘कार्यतालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हो,’ लेखा शाखाका एक कर्मचारीले भने । उक्त साडीको मूल्य भने भ्याटसहित ६ हजार रहेको छ । कार्यालयले ६ हजार रुपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि सो रकम उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । तर, ६ हजारमा ल्याइएको भनिएको साडीको मूल्य ६ हजार पर्ने खालको नभएको उनको भनाइ छ । 

    बेलबारी नगरपालिकाको उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् । त्यस्तै। ५ जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ‘२९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार बेलबारी नगरपालिकालाई भार परेको छ।’

    यस्तै, पुरुष जनप्रतिनिधिलाई भने नगर सभामा कागजपत्रहरू हाल्न भन्दै ३५ सय रुपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर भुज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । मेयरसहित ३३ जना निर्वाचित जनप्रतिनिधि हुन भने तीन जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ३७  जनालाई झोला वितरण गर्दा १ लाख २९ हजार पाँच सय रुपैयाँ राज्यलाई भार परेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २६ गतेको राशिफल

    आज असार २६, २०८२ (जुलाई १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई...

    श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

    झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।...

    खेलकुदमा सरकारको सक्रियता : अब खेलाडीहरू पेशागत रूपमा अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं, असार २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका...

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको...