News Portal

किरात एकेडेमी पुरस्कारको प्रारम्भिक सूचीमा सात कृति छनौट

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं– किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि सात कृतिको प्रारम्भिक सूचीमा सात वटा कृति छनौट गरेको विवरण सार्वजनिक गरिएको छ।

एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल बिनाबीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’ जस्ता एतिहासिक कृति छनौटमा परेका छन्। त्यसैगरी राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’  समेत रहेका छन्।

एकेडेमीका तर्फबाट अध्यक्ष भुपाल राई र महासचिव चेतनाथ धमलाले प्रकाशित गरेको विज्ञप्तिमा यी एतिहासिक कृति छनोटको आधार पनि प्रकाशित गरिएको छ। एकेडेमीका अनुसार प्रतिरोधी साहित्य, क्षेत्रीय एवम् समावेशी वाङ्मयको अध्ययन, समाजवादी अर्थराजनीति, दलित सौन्दर्य चेतनालाई कृति छनोटको आधार बनाइएको छ। त्यस्तै उपेक्षित इतिहासको अध्ययन, समालोचनामा नयाँ आयाम र इतिहासको भौतिकवादी अध्ययन जस्ता आधारमा कृति छानिएको सनौट समितिका सदस्य आशकुमार राईले हिमालीसंचारडटकमसंग बताए।

यसअघि यो पुरस्कार युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’लाई प्रदान गरिएको थियो। तर, कोभिड-१९ महामारी र उद्देश्य अनुकूलका कृति अभावमा पुरस्कार केही वर्ष स्थगित भएको समेत सदस्य राईले बताए । प्रारम्भिक सूचीमा परेका कृतिबाटै पुरस्कारका लागि छनोट गरिने सदस्य राईको भनाइ छ। पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...