News Portal

  • किरात एकेडेमी पुरस्कारको प्रारम्भिक सूचीमा सात कृति छनौट

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    काठमाडौं– किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि सात कृतिको प्रारम्भिक सूचीमा सात वटा कृति छनौट गरेको विवरण सार्वजनिक गरिएको छ।

    एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल बिनाबीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’ जस्ता एतिहासिक कृति छनौटमा परेका छन्। त्यसैगरी राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’  समेत रहेका छन्।

    एकेडेमीका तर्फबाट अध्यक्ष भुपाल राई र महासचिव चेतनाथ धमलाले प्रकाशित गरेको विज्ञप्तिमा यी एतिहासिक कृति छनोटको आधार पनि प्रकाशित गरिएको छ। एकेडेमीका अनुसार प्रतिरोधी साहित्य, क्षेत्रीय एवम् समावेशी वाङ्मयको अध्ययन, समाजवादी अर्थराजनीति, दलित सौन्दर्य चेतनालाई कृति छनोटको आधार बनाइएको छ। त्यस्तै उपेक्षित इतिहासको अध्ययन, समालोचनामा नयाँ आयाम र इतिहासको भौतिकवादी अध्ययन जस्ता आधारमा कृति छानिएको सनौट समितिका सदस्य आशकुमार राईले हिमालीसंचारडटकमसंग बताए।

    यसअघि यो पुरस्कार युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’लाई प्रदान गरिएको थियो। तर, कोभिड-१९ महामारी र उद्देश्य अनुकूलका कृति अभावमा पुरस्कार केही वर्ष स्थगित भएको समेत सदस्य राईले बताए । प्रारम्भिक सूचीमा परेका कृतिबाटै पुरस्कारका लागि छनोट गरिने सदस्य राईको भनाइ छ। पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...