News Portal

  • धरान उपमहानगरपालिका धरानको बजेट धट्यो, आव ०७९/०८० बजेट यस्तो छ

    हिमालीसंचार संवाददाता
    ३१४ पटक

    धरान – धरान उपमहानगरपालिका धरानले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिका धरानले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमान गरेको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजारको छ । आय भने १ अर्ब ५६ करोड ७७ लाख ९५ हजारको मात्र भएको जनाइएको छ ।

    आगामी आर्थिक वर्षका लागि धरानमा बजेट घटाएर चालू तर्फ ३ करोड ३७ लाख ७३ हजार ४ सय ४२ (४९.४६ प्रतिशत), पुँजीगततर्फ रु. ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ (४८.६१ प्रतिशत) र वित्तीय व्यवस्था तर्फ रु. ३ करोड २५ लाख (१.९३ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

    आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरिएको छ । 

    धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत बजेटमा धरान उपमहानगरको आर्थिक समृद्धि र नगरवासीको समुन्नति एवम् सुखको लागि दिगो र उच्च प्रतिफल दिने आयोजनाहरुको पहिचान गरी नागरिक एवम् सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ । आधुनिक शिक्षा, स्वास्थ्य र पूर्वाधार सुविधा सम्पन्न बहुसांस्कृतिक सहरको पहिचान कायम गर्ने बजेटको मूल्य उद्देश्य रहेको नगर उप प्रमुख बेघाले बताए । 

    विनियोजित बजेटमा स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड २ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ६ लाख, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख, साहित्य कला र संस्कृतितर्फ ४५ लाख र अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनका लागि २५ लाख बजेट विनियोजन गरिएको छ। 

    बजेटमा सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि २० लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासतर्फ २५ लाख, आवधिक योजना तथा नगर प्रोफाइल र घर, व्यवसाय र बहालको सूचना जिआइएस अपडेट तर्फ ४० लाख, प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषतर्फ ४३ करोड ९० लाख विनियोजन गरिएको छ । 

    शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख बजेट विनियोजन गरेको नगर उपप्रमुख बेघाले बताए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...