News Portal

धरान उपमहानगरपालिका धरानको बजेट धट्यो, आव ०७९/०८० बजेट यस्तो छ

हिमालीसंचार संवाददाता
३८७ पटक

धरान – धरान उपमहानगरपालिका धरानले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिका धरानले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमान गरेको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजारको छ । आय भने १ अर्ब ५६ करोड ७७ लाख ९५ हजारको मात्र भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षका लागि धरानमा बजेट घटाएर चालू तर्फ ३ करोड ३७ लाख ७३ हजार ४ सय ४२ (४९.४६ प्रतिशत), पुँजीगततर्फ रु. ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ (४८.६१ प्रतिशत) र वित्तीय व्यवस्था तर्फ रु. ३ करोड २५ लाख (१.९३ प्रतिशत) बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरिएको छ । 

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत बजेटमा धरान उपमहानगरको आर्थिक समृद्धि र नगरवासीको समुन्नति एवम् सुखको लागि दिगो र उच्च प्रतिफल दिने आयोजनाहरुको पहिचान गरी नागरिक एवम् सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ । आधुनिक शिक्षा, स्वास्थ्य र पूर्वाधार सुविधा सम्पन्न बहुसांस्कृतिक सहरको पहिचान कायम गर्ने बजेटको मूल्य उद्देश्य रहेको नगर उप प्रमुख बेघाले बताए । 

विनियोजित बजेटमा स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड २ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ६ लाख, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख, साहित्य कला र संस्कृतितर्फ ४५ लाख र अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनका लागि २५ लाख बजेट विनियोजन गरिएको छ। 

बजेटमा सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि २० लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासतर्फ २५ लाख, आवधिक योजना तथा नगर प्रोफाइल र घर, व्यवसाय र बहालको सूचना जिआइएस अपडेट तर्फ ४० लाख, प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषतर्फ ४३ करोड ९० लाख विनियोजन गरिएको छ । 

शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख बजेट विनियोजन गरेको नगर उपप्रमुख बेघाले बताए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...