News Portal

  • पुर्वेली चुल्होमा पाक्ने तिक्खर स्वाद, पुर्वेली मौलिक परिकार नै पूर्वका मुख्य व्यञ्जन हुन्

    हिमालीसंचार संवाददाता
    ४६६ पटक

    धरान – सुन्दर सालिन बाह्रैमास भुईंकुहिरोले ढाक्ने भेडेार । हरक्षण बहने चिसो सिरेटो । यस्तो बेला कस्तो परिकारले तपाईंको जिब्रो लोभ्याउँछ ? पीरो, अमिलो वा भनौं तिक्खर स्वादको । सारगेम्बाको स्वाद चाख्न वा वाचिपा । धराने कालो बंगुरको सेकुवादेखि हिलेको तोङ्वासम्मले स्वाद फेर्न सक्नुहुनेछ । पूर्वेली व्यञ्जन । पूर्वेको चुल्होमा पाक्ने यस्ता केही व्यञ्जन छन्, जुन अन्यत्र पाइँदैन । पूर्वेका हावापानी, उत्पादन र पाककलाको आफ्नै संयोजन हो ।

    वाचिप्पाः किराती परिकार हो वाचिप्पा । किरात समुदायको भान्सामा पाक्ने मौलिक परम्परागत परिकार वाचिप्पाको लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ ।

    वाचिप्पा ‘वा’ र ‘चिप्पा’ मिलेर बनेको शब्द हो । किरात बान्तवा राई भाषामा ‘वा’ भनेको कुखुरा र ‘चिप्पा’ भनेको कालो अर्थात् कुखुरा मारेर पोल्दा मसिनो भुत्लाबाट निस्कने कालो अंश भन्ने बुझ्नु पर्दछ। किरात समुदायका चाडहरुमा घरमा खान र विशेषगरी पाहुनाको सत्कारको लागि पकाइने परिकार हो वाचिप्पा ।

    हल्का तितो तर स्वादिलो हुने वाचिप्पा किरातीहरूको विशेष मौलिक खाना हो । वाचिप्पा कुखुराको मसिनो भुत्ला डढाएर निकालिने धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेंटा र खुट्टा मिश्रण गरी पकाइन्छ । त्यसमा चामल राखेर पकाउने अथवा पाकेको भात मिसाइन्छ । आवश्यकता अनुसार नुन, खुर्सानी, तेल र मसला प्रयोग गर्न सकिन्छ । मसलामा अदुवा, लसुन, जिरा–मसला मात्रै प्रयोग गरिन्छ । वाचिप्पा बनाउन लोकल कुखुरा नै आवश्यक पर्छ ।

    धराने कालो बंगुरः धराने कालो बंगुर सहरको आकर्षक रेसिपीमा पर्छ । यसले युवाको मात्रै नभई बुढ्यौली लागेकाहरुलाई समेत तानेको छ । धराने बंगुरको सेकुवा, भुटुवा र डामेको पोर्क निकै प्रचलित छ । सहरका हरेक गल्लीगल्लीमा अहिले धराने बालो बंगुरका परिकार उपलब्ध छन् ।

    पूर्वी पहाडका किरातीहरु प्रकृति पूजक हुन्। बँदेलसँग किरातीको अन्तर सम्बन्ध आदिमकालदेखि अहिलेसम्म रहँदै आएको छ । धराने कालो बंगुरका परिकार धरानबाट सुरु भएको हो । अहिले धराने कालो बंगुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रचलित ब्रान्ड बनेको छ । धराने कालो बंगुरको सेकुवा सबैभन्दा धेरै लोकप्रिय परिकार मध्ये पर्छ ।

    बंगुरको मासु किरात समुदायमा सबैभन्दा लोकप्रिय मासु हो । बंगुरको मासु खान किरात तथा राई लिम्बु समुदायलाई कुनै चाडपर्व कुर्नु पर्दैन । उनीहरुले यसलाई विभिन्न सांस्कृतिक कार्यक्रममा समेत प्रयोग गर्छन् ।

    अहिले बजारमा धराने कालो बंगुरको परिकार पाइने होटल तथा रेस्टुरेन्टमा ग्राहकको भीड लाग्न थालेको छ । बंगुरको परिकार धेरैले मन पराएका छन् ।

    किनेमाः किनेमा भटमासबाट बनाइने परिकार हो । यो पूर्वी नेपालका लिम्बु जातिका मौलिक र मुख्य परिकारमा पर्दछ । किनेमालाई लिम्बु समुदायका साथै याक्खा, राई र सुनुवार जातिले समेत प्रयोग गर्छन् ।

    किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटेर पानीमा उसिनिन्छ । उसिनिसकेपछि त्यसलाई फैलाएर मान्द्रो वा केराको पातमा राखिन्छ । केही समय सेलाएपछि राम्रो खालको खरानी राखेर मोलेर डालो वा थुन्छेमा केराका पात वा प्लाष्टिक बिछ्याई अगेना छेउमा राख्ने गरिन्छ । जसलाई सुम राख्ने भनिन्छ ।

    सुम राखेको दुई दिनपछि किनेमा तयार हुन्छ । सुम खोल्दा सेता रेसा देखिन्छन् र छुँदा हातमा लेस्सिन्छ भने किनेमा सप्रेको मानिन्छ । किनेमा तयार भएपछि घाममा सुकाएर राखिन्छ र आवश्यकता अनुसार तरकारी पकाउन र कोसेलीका रुपमा प्रयोग गर्न सकिन्छ । किनेमा जाडोयामका लागि राम्रो मानिन्छ । यसको सुप बनाएर खान अत्यान्तै राम्रो हुन्छ। किनेमा तरकारी र दालमा राखेर समेत खान सकिन्छ ।

    सारगेम्बाः सारगेम्बा पूर्वी नेपालको प्रसिद्ध परिकार हो । यसलाई लिम्बु जातिको विशेष परिकारका रुपमा लिइन्छ । सुंगुरको आन्द्रामा मुटु, कलेजोको किमा बनाएर सारगेम्बा तयार गरिन्छ । सारगेम्बामा मुटु, कलेजोको किमासँगै पकाएको चामल समेत राख्ने गरिन्छ ।

    तोङबा: तोङबा बनाउन कोदोको प्रयोग गरिन्छ । सुरुमा कोदोलाई पकाएर त्यसमा जंगली जडिबुटीबाट तयार पारिएको मर्चा मिसाएर केही दिन गुम्स्याइन्छ । जसलाई ओथारा राखिनु भनिन्छ । कर्चा राखेर तयार भएको कोदोलाई भाँडामा राखेर तातोपानीले ढड्याउने गरिन्छ ।

    धनकुटा जिल्लाको हिले बजारमा तोङबा हिलेको पहिचान बनेको छ । १० लाख रुपैयाँमा निर्माण गरिएको तोङबा पार्कलाई हिलेको मौलिकताका रुपमा लिइन्छ ।

    ताप्लेजुङको सुकुटी र हिलेको तोङ्वाको महत्व पृथक रहेको छ । धनकुटाको हिलेले तोङबाको पहिचान बनाएको छ भने ताप्लेजुङले सुकुटीको । धनकुटाको हिले पुग्ने बित्तिकै तोङबाको सालिकले स्वागत गर्छ जुन त्यहाँको पहिचान पनी हो । धनकुटा सदरमुकामबाट १३ किलोमिटर उत्तरमा रहेको हिले बजार । यहाँ पुग्ने हरेक महानुभावले सुकुटी र तोङबाको स्वाद लिन छुटाउदैनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...