
रबिन्द्र बराल/मोरङ – नेपाली कांग्रेस रंगेली वडा कमिटि वडा नम्बर ७ ले बैसाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा आफ्नै पार्टीलाई हराउन पार्टी भित्रबाटै क्रियाशीलदेखि महाधिबेसन प्रतिनिधिसम्म लागेको भन्दै नाम सहित कारवाहीका लागि वडा स्तरबाट क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रलाई पत्र पठाएको भन्ने कुरा निराधार रहेको भन्दै वडा सभापतिलाई झुक्याएर कार्वाहीको लेटरमा आफुलाई हस्ताक्षर गर्न समेत लगाएको महेन्द्र प्रसाद साहले बताए ।
०७९ असार ४ गते शनिबारका दिन नेपाली काङ्ग्रेसले मेलिना गेष्ट हाउसमा बसेको बैठकमा समिक्षा गरियो र उक्त बैठकमा कसैलाई कार्वाहीको सिफारिस सम्बन्धमा कुनै निर्णय नभएको तर झुक्याएर हस्ताक्षर गराईएको हुदा उनले आपत्ति जनाएका छन् ।
यो पत्रबाट मैले गरेको सिफारिस खारीज गरि पाउँ र कार्यवाहीको पत्र मिडियामा प्रकाशित गर्ने कार्य मैले नगरेको प्रष्ट पारदिन चहान्छु भनेर महेन्द्र प्रसाद साहले हस्ताक्षर गरेका छन ।