News Portal

  • रंगेली नगरपालिकाले विपद व्यावस्थापनका लागि उच्च सतर्कता सहित विशेष तयारी गर्यो

    हिमालीसंचार संवाददाता
    २९० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले विपद व्यवस्थापनका लागि बैठक राखेको छ । यस बर्ष मनसुन चाडै सुरु भएसंगै बिगतको तुलनामा  मनसुन भन्दा बढी सक्रिय हुने मौसम विभागले जानकारी समेत गराउदै आएको छ ।

    मौसम विभागको उक्त कुरालाई मध्ये नजर राख्दै नगरपालिकाले पहिलो पटक विपद व्यवस्थापनको बैठकले सम्भावना प्रभावित व्यक्तिहरु‌लाई सुरक्षित  स्थानमा राखी उचित प्रवन्ध मिलाउने, उच्च क्षेत्रको खोजी पहिचान गर्ने जिम्मेवारीका नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई अत्यावश्यक सामााग्री प्रदान गरिने विपदको समयमा तत्काल उद्‌धार कार्यमा जनपद प्रहरी, सशस्त्र युद्धटरी, नगर प्रहरी परिचालन गराउने विपद्‌को समयमा घाइतेको उपचार‌को लागी रंगेली अस्पतालमा विशेष टोली बनाई परिचालन गर्ने, रंगेली नगरपालिकाले उद्‌धार सामाग्री (खरीद गरी तयारी अवस्थामा राख्ने तथा जेसीबी दमकल, एम्बुलेन्स लगायत साधन तुरुन्त सेवा प्रदान गर्ने तयारी गरेको छ। 

    त्यसैगरी  संसारीमाई स्थानको चिसाङ खोलाको पूर्वपट्टी कटान नियन्त्रण गर्ने, सरकारी कार्यलय अस्पताल, बिधालय  लगायत सार्वजनिक  कार्यालयको १ सय मिटर वरपरको क्षेत्रमा मदिरा बिक्रि वितरण कार्य गर्न नहुने कानुनी प्रावधानको पालना भए-नभएको बारेमा सर्वदलिय एककृत टोली परिचालन गरी अनुगमन गर्ने लगायतको कामहरु निर्णय समेत गरिएको छ ।

    बैठकमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत नवराज कार्की, इलाका प्रशासन अधिकृत उपेन्द्र राई, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...