News Portal

मोरङको रंगेलीमा ठेक्केदारका लापरबाहीका कारण सर्वसाधरणलाई सास्ति

हिमालीसंचार संवाददाता
२४५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ८ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिको बटो बर्ष दिनदेखि निर्माणकार्य नहुदा सम्पन्न नहुदा उक्त सडक खण्ड अहिले हिलाम्मे भएको छ ।

गत सातादेखि अबिरल बर्षाका कारण सडक हिलाम्मे भएपछि स्थानीय सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको छ । सो सडक निर्माण गर्नेका लागि रायमाझी भीमेश्वर जेभी भक्तपुरले जिम्मेवारी पाएको छ । तर दुई बर्ष बितिसक्दा समते सडक निर्माणकार्य भने कछुवाको गति निर्माण गरेका कारण स्थानीय सर्वसाधरणका लागि आवतजावतमा निकै समस्या भइरहेको स्थानीय बताउँछन् । 

अहिले सडकमा रहेको हिलोका कारण खच्चा पदार्थ बोकेका चन्डिका डिस्टिलरीमा आएको ठुला तथा साना सवारी साधनहरु समेत हिलोमा फस्ने गरेको छ । त्यस्तै, साइकल, मोटरसाइकल चालक तथा पैदलयात्रीहरुका लागि समेत समस्या भइरहेको छ। 

जेभीले पूर्वाधार विकास कार्यालय मोरङ, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश कार्यालयमार्फत कुल ४१ करोड १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडक निर्माणका लागि ठेक्का पाएको हो ।गतवर्ष असोज २७ गते सम्झौता भएको यो सडक २०७८ असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...