News Portal

नासु भण्डारी विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ असोज २१ गतेमा वरिष्ठ व्यवस्थापक सहायक (नासुसरह) बाट सरकारी सेवा प्रवेश गरी करिब चार वर्षमै राजीनामा दिएका गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ का ३० वर्षीय भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नासु भण्डारीले पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित मुद्दा दर्ता गरेको श्रेतले बताए।

सरकारी सेवा प्रवेशअघि सामान्य आर्थिक स्थिति रहेका भण्डारीले २०७७ साउन १ मा राजीनामा दिएका थिए । यो अवधिमा उनले तलब/भत्ता, सञ्चय कोषलगायत वैध स्रोतबाट जम्मा ११ लाख ५० हजार ९ सय ९१ रुपैयाँ ९० पैसा मात्रै आर्जन गरेको देखिन्छ तर उनीसँग रहेको चल/अचल सम्पत्ति र विभिन्न कम्पनी तथा संस्थामा गरेको लगानी भने अपत्यारिलो देखिएको छ । उनकी पत्नी विमला पन्थी २०७१ बाट खरिदार पदमा सरकारी सेवामै कार्यरत छिन् ।

सेवा प्रवेशका क्रममा सुरु पोस्टिङ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ग्रामीण विकास प्रशिक्षण केन्द्र कलबलगुडी, झापा भए पनि त्यसपछि २०७३ कात्तिक ११ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७३ चैत २१ मा अर्थ मन्त्रालय, २०७४ चैत ७ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र २०७४ चैत ८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा काज सरुवा भएका उनले २०७७ असार ३० मा स्वैच्छिक अवकाश लिए।

सरकारी सेवामै रहँदा उनले विभिन्न निजी कम्पनीमा लगानी तथा कारोबार गर्ने गरेको देखिएको छ । उनले आफू सञ्चालक रहेका पाँच वटा कम्पनीका नाममा २ करोड ९५ लाख २५ हजार रुपैयाँ लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । यी कम्पनीमा सुरुमा १ करोड ७० लाख २५ हजार लगानी गरेका उनले पछि रकम बढाएको देखिन्छ ।

भण्डारीले विध म्यानेजमेन्ट प्रालिमा २०७६ चैत १६ बाट कारोबार गरेको देखिन्छ । विध ल्याबमार्फत नै उनले कोभिडकालमा सरकारले गर्दै आएको कोरोना परीक्षणको दायरा बढाएर आफ्नोबाट परीक्षण गर्न मिल्ने गरी सेटिङ मिलाएको अख्तियार स्रोत दाबी रहेको छ। 

सुरुमै पहुँच र प्रभावका आधारमा आफ्नो ल्याबबाट उनले कोरोना परीक्षण गर्न मिल्ने मिलाएका थिए । उनी सञ्चालक रहेको विध अटो मोबाइल प्रालिमा ४० लाख लगानी छ। रेमिट कम्पनी पनि चलाएका छन् । सेवा रेमिटका नाममा आफ्नो २ लाख ७५ हजार लगानी रहेको उल्लेख गरेका छन् । खनिज कम्पनीमा पनि उनको संलग्नता देखिएको छ । माडी खनिज सप्लायर्स प्रालिमा उनले १ करोड लगानी गरेको देखिन्छ । यस्तै बीएन डेभलपर्स प्रालिमा पनि उनको ५२ लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् । 

भण्डारी र पत्नी विमला पन्थीका नाममा काठमाडौं र ललितपुर महानगरमा ३ करोड ३५ लाख ३० हजार रुपैयाँमा घरजग्गा खरिद गरेका छन् । त्यस्तै ४५ वटा संस्थामा १ हजार ४ सय ७८ कित्ता सेयर आफू र परिवारका सदस्यका नाममा खरिद गरेको देखिन्छ । उनका नाममा मात्रै १८ संस्थामा सेयर रहेको देखिन्छ । श्रीमती र परिवारका अन्य सदस्यका नाममा देखिएको छ । यसको मूल्य अख्तियारले १ हजार ४ सय ७८ कित्ताको २ लाख ४५ हजार ८ सय ५० रुपैयाँ कायम गरेको छ ।

भण्डारीले देखाएको सम्पत्तिमध्ये करिब २६ लाखको मात्रै स्रोत खुल्छ । अख्तियारको अनुसन्धानमा भण्डारीले जग्गा खरिदमा ३ करोड ३५ लाख ३० हजार, रजिस्ट्रेसन दस्तुर १६ लाख ६९ हजार १ सय, विध म्यानेजमेन्टमा भएको लगानी १ करोड, विध अटो मोबाइलमा ४० लाख, माडी खनिजमा भएको १ करोड, बीएन डेभलपर्समा ५२ लाख ५० हजार, सेवा रेमिटमा २ लाख ७५ हजार, सेयर खरिदमा २ लाख ४५ हजार ८ सय ५० र बैंक मौज्दात ९५ हजार ६ सय २२ गरी कुल लगानी ६ करोड ५० लाख ६५ हजार ४ सय ४२ उल्लेख गरेका छन्।

स्रोत खुल्ने सम्पत्ति २६ लाख ६१ हजार ६ सय ३६ को मात्रै छ । बाँकी सबै सम्पत्ति अकुत आर्जन वा कसैले कालो धन लगानी गर्न दिएको हुन सक्ने अख्तियार उच्च स्रोत बताउँछ । अख्तियारले दायर गरेको अभियोजनपत्रमा भण्डारी, उनकी पत्नी पन्थीको पारिश्रमिक र भत्तालगायतको सुविधाबापतको रकम मात्रै वैध देखिन्छ ।

उनले अकुत सम्पत्तिलाई वैध बनाएका छन् तर कृषि आयदेखि व्यापार–व्यवसायलगायतलाई आधार बनाएका छन् । त्यसमा भएको लगानीको स्रोत भने खुलाउन सकेका छैनन् । उनले आफ्नो पैतृक सम्पत्ति विवरण पनि खुलाउन नसक्ने अख्तियारको बयानमा उल्लेख गरेका छन् । यसले पनि उनीसँग भएको सबै सम्पत्ति सरकारी सेवामै रहँदाका बखत जोडेको देखिन्छ । ललितपुरको वाग्मती गाउँपालिकामा श्रीमतीका नाममा ६ रोपनी ५ आना, रूपन्देहीमा १० धुर र दक्षिणकालीमा आफ्नो नाममा ३ करोड ३७ लाख बराबरको ६ रोपनी ५ आना जग्गा जोडेको देखाएका छन् । 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...