News Portal

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको अध्यक्षमा जय कुमार राई निर्वाचित

हिमालीसंचार संवाददाता
२१५ पटक

अमेरिका – युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको केन्द्रीय अध्यक्षमा जय कुमार राई निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको क्यालिफोर्नियामा जून १० ताकिखमा सम्पन्न छैटौं जनरल अधिवेशनबाट निवर्तमान केन्द्रीय महासचिव राई केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

संस्थाको उपाध्यक्षमा केशव राम राई (न्युयोर्क), यान राई (क्यालिफोर्निया), कुसुम राई (मेरिल्याण्ड) तथा महासचिवमा मुक्ति नारायण राई (न्यु हेम्प्शायर) निर्वाचित भएका छन्।

त्यस्तै, कोषाध्यक्षमा राजन कुथुमी (न्यु हेम्प्शायर) निर्वाचित हुँदा बोर्ड सदस्यमा तेज राई (क्यालिफोर्निया), गणेश राई(न्युयोर्क) र हिमाल राई(टेक्सास) चयन भएका छन्।

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संस्थाका विभिन्न च्याप्टरका अध्यक्षहरु संस्थाको विधान अनुरुप पदेन केन्द्रिय बोर्ड एसेम्बलीका सदस्य हुने भएकोले बोर्ड एसेम्बलीका सदस्यहरु घोषणा गरेको छ ।

केन्द्रिय बोर्ड एसेम्बलीको सदस्यमा कर्ण बहादुर राई (अध्यक्ष, न्यु इंगलैंड च्याप्टर), ममता राई (अध्यक्ष, न्यु योर्क च्याप्टर), जोरबिर राई (अध्यक्ष, क्यालिफोर्निया च्याप्टर), समिता राई (अध्यक्ष, डी. एम. भी. पी. च्याप्टर) र दमकाजी राई (अध्यक्ष, टि.ए.एफ. च्याप्टर ) रहने भएका छन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...