
ताप्लेजुङ – ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं. ७ खेवाङ ताप्लेजुङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्।
भारी वर्षासँगै गएराती करिब साढे ८ बजे झरेको पहिरोले पुरिदा तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।
तुलसा अधिकारी सासु र यशोदा अधिकारी बुहारी हुन् । यशोदाका श्रीमान विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए।
पहिरोले अधिकारीका दुई वटा घर बगाएको छ भने नजिकै रहेका पशुचौपाय समेत पुरेको बताइएको छ। अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन्। धटना स्थलका थप विवरण आउन बाँकी छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
