News Portal

ताप्लेजुङको खेवाङमा पहिरोले सासु-बुहारी बेपत्ता

हिमालीसंचार संवाददाता
२२३ पटक

ताप्लेजुङ – ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं. ७ खेवाङ ताप्लेजुङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्।

भारी वर्षासँगै गएराती करिब साढे ८ बजे झरेको पहिरोले पुरिदा तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । 

तुलसा अधिकारी सासु र यशोदा अधिकारी बुहारी हुन् । यशोदाका श्रीमान विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए।

पहिरोले अधिकारीका दुई वटा घर बगाएको छ भने नजिकै रहेका पशुचौपाय समेत पुरेको बताइएको छ। अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन्। धटना स्थलका थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...