News Portal

  • महानर प्रमुख शाहले समाचार संकलनमा अबरोध हिमालय टेलिभिजनको आपत्ति, पत्रकार महासंघको निन्दा

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समाचार संकलनमा अवरोध गरेको भन्दै हिमालय टेलिभिजनले आपत्ति जनाएको छ । काठमाडौं महानगरको वातावरण विभागमा रिपोर्टिङमा पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्रलाई समाचार संकलनमा साहले अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।

    मेयर साहले टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको टेलिभिजनको आरोप छ । त्यस्तै पत्रकार महासंघले दुर्व्यवहारको निन्दा गरेको छ। समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

    महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएका थिए ।

    स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षर विज्ञप्तिमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...