News Portal

महानर प्रमुख शाहले समाचार संकलनमा अबरोध हिमालय टेलिभिजनको आपत्ति, पत्रकार महासंघको निन्दा

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समाचार संकलनमा अवरोध गरेको भन्दै हिमालय टेलिभिजनले आपत्ति जनाएको छ । काठमाडौं महानगरको वातावरण विभागमा रिपोर्टिङमा पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्रलाई समाचार संकलनमा साहले अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।

मेयर साहले टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको टेलिभिजनको आरोप छ । त्यस्तै पत्रकार महासंघले दुर्व्यवहारको निन्दा गरेको छ। समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएका थिए ।

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षर विज्ञप्तिमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...