News Portal

हङकङ सरकारले आगामी अगष्ट पहिलो हप्ता क्यास कुपन वितरण गर्दै

हिमालीसंचार संवाददाता
२०९ पटक

युवा राई/हङकङ – हङकङ सरकारले कोरोना महामारीका कारण आफ्नो जनतालाई वितरण गर्दै आएको राहत रकम मध्ये दोस्रो चरणको बाँकी रहेको  हङकङ डलर ५ हजार क्यास कुपन भौचर अगस्ट ७ तारिख वितरण गर्ने भएको छ।

पहिलो चरणमा प्राप्त नगरेकाहरुले जुन २३ तारिखबाट आवेदन दिन सक्नेछन्, गैर-स्थायी बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन्। गत वर्षको पहिलो उपभोग भौचर योजनाको वितरण गर्दा १८ बर्ष पुरा भएका र  जुन २३ तारिख भित्र सम्ममा १८ बर्ष पुगेकाहरुले हङकङ डलर १० हजार क्यास कुपन भौचर  प्राप्त गर्न सक्ने बताएका छन् ।

घरेलु प्रवासी कामदारहरूलाई यो योजनाबाट बञ्चित गरिएको बताइएको छ भने जुन १८ जुन २०१९ देखि १२ जुन २०२२ स्थानीय बासिन्दाहरूले स्थायी रूपमा लामो समय छाडेकाहरुले पनि यो सुविधाबाट बञ्चित हुनेछन् । 

बिदेशमा अध्ययन गर्न गएकाहरुले चाहिँ उक्त सुविधा उपभोग गर्न पाउने छन। हङकङ स्थायी रुपमा छोडेर जानका लागि अनिवार्य सञ्चय कोष निकाल्न आवेदन दिएका व्यक्तिहरूलाई पनि दोस्रो चरणको उपभोग भौउचर प्राप्त गर्न सक्ने छैनन् ।

अक्टोपस कार्ड प्रयोगकर्ताहरूले अगस्ट ७ तारिखदेखि हङकङ डलर २ हजार प्राप्त गर्नेछन्। त्यसपछि अक्टोबर १ मा थप २ हजार हङकङ डलर प्राप्त गर्नेछन्। बाँकी १ हजार हङकङ चाही ४ हजार हङकङ डलर खर्च गरिसकेको अवस्थामा मात्रै महिनाको १६ तारिखमा वितरण गरिनेछ। अक्टोपस बाहेक अन्य एप प्रयोगकर्ताले पहिलो पटक २ हजार डलर प्राप्त गर्नेछन् भने त्यसपछि ३ हजार डलर हजार प्राप्त गर्नेछन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...