News Portal

ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध हुन्छ: चीन

हिमालीसंचार संवाददाता
२४९ पटक

एजेन्सी – चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध सुरु हुने अमेरिकालाई  चीनले चेतावनी दिएको छ । चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ताका क्रममा उक्त कुरो बताएका हुन्।

भेटवार्तापछि बोल्दै अस्टिनले चिनियाँ सैनिक गतिविधि ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने खालका’ भएको बताएका बीबीसीले जनाएको छ । ताइवानमाथि चीनले दैनिकजसो ठूलो संख्यामा सेनाका लडाकु वायुयानहरू उडाइरहेको छ। उक्त क्षेत्रमा ‘शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ अस्टिनको भनाइ छ । चीनले आफ्नो भूमिको अभिन्न अंग मान्ने स्वशासित ताइवानलाई हतियार बेचेको भन्दै चिनियाँ रक्षामन्त्री वेले अमेरिकाको निन्दा गरेका छन् ।

‘ताइवानलाई चीनबाट कसैले अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष लड्नु र स्वतन्त्र हुने ताइवानको प्रयासलाई कुनै पनि मूल्यमा दमन गरी देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुबाहेक कुनै विकल्प हुँदैन,’ वेलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन् ।

अस्टिनले भने बेइजिङलाई पूर्ण सरकारका रूपमा मान्यता दिन र ताइवानको स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका बीबीसीले उल्लेख गरेको छ । बल प्रयोग गरेर तनाव अन्त्य गर्न नहुनेमा अस्टिनले जोड दिएका जनाइएको छ । दुई देशका रक्षामन्त्रीहरूबीच सिंगापुरमा आयोजित सांग्रिला सम्मेलनका क्रममा भएको कुराकानी करिब एक घण्टा बार्तालाप भएको थियो । दुवै पक्षले हार्दिकताका साथ कुराकानी भएको जनाएका छन् । अमेरिकी रक्षामन्त्री अस्टिनले कुनै असमझदारीको अवस्था उत्पन्न हुन नदिन चिनियाँ सेनासँग पूर्ण रूपमा सञ्चार संयन्त्र खुला राखिनुपर्नेमा जोड दिएका जनाइएको छ ।

गत मे महिनाको अन्त्यमा ताइवानी आकाशमा चीनले ३० वटा लडाकु विमानहरू उडाएपछि ताइवानले युद्धक विमानहरू परिचालन गर्दै चीनलाई चेतावनी दिएको थियो । चीन र ताइवान सन् १९४० को गृहयुद्धको समयमा विभाजित भएका हुन् । 

बेइजिङले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई आफ्नो मूल भूमिमा गाभ्ने बताउदै आएको छ । तीन लाख सक्रिय सुरक्षाकर्मी रहेको ताइवानको आफ्नै संविधान छ र नेताहरू लोकतान्त्रिक रूपमा निर्वाचित हुन्छन् । तर ताइवानलाई निकै कम देशहरूले मात्र मान्यता दिएका छन् ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...