News Portal

  • ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध हुन्छ: चीन

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    एजेन्सी – चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध सुरु हुने अमेरिकालाई  चीनले चेतावनी दिएको छ । चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ताका क्रममा उक्त कुरो बताएका हुन्।

    भेटवार्तापछि बोल्दै अस्टिनले चिनियाँ सैनिक गतिविधि ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने खालका’ भएको बताएका बीबीसीले जनाएको छ । ताइवानमाथि चीनले दैनिकजसो ठूलो संख्यामा सेनाका लडाकु वायुयानहरू उडाइरहेको छ। उक्त क्षेत्रमा ‘शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ अस्टिनको भनाइ छ । चीनले आफ्नो भूमिको अभिन्न अंग मान्ने स्वशासित ताइवानलाई हतियार बेचेको भन्दै चिनियाँ रक्षामन्त्री वेले अमेरिकाको निन्दा गरेका छन् ।

    ‘ताइवानलाई चीनबाट कसैले अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष लड्नु र स्वतन्त्र हुने ताइवानको प्रयासलाई कुनै पनि मूल्यमा दमन गरी देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुबाहेक कुनै विकल्प हुँदैन,’ वेलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन् ।

    अस्टिनले भने बेइजिङलाई पूर्ण सरकारका रूपमा मान्यता दिन र ताइवानको स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका बीबीसीले उल्लेख गरेको छ । बल प्रयोग गरेर तनाव अन्त्य गर्न नहुनेमा अस्टिनले जोड दिएका जनाइएको छ । दुई देशका रक्षामन्त्रीहरूबीच सिंगापुरमा आयोजित सांग्रिला सम्मेलनका क्रममा भएको कुराकानी करिब एक घण्टा बार्तालाप भएको थियो । दुवै पक्षले हार्दिकताका साथ कुराकानी भएको जनाएका छन् । अमेरिकी रक्षामन्त्री अस्टिनले कुनै असमझदारीको अवस्था उत्पन्न हुन नदिन चिनियाँ सेनासँग पूर्ण रूपमा सञ्चार संयन्त्र खुला राखिनुपर्नेमा जोड दिएका जनाइएको छ ।

    गत मे महिनाको अन्त्यमा ताइवानी आकाशमा चीनले ३० वटा लडाकु विमानहरू उडाएपछि ताइवानले युद्धक विमानहरू परिचालन गर्दै चीनलाई चेतावनी दिएको थियो । चीन र ताइवान सन् १९४० को गृहयुद्धको समयमा विभाजित भएका हुन् । 

    बेइजिङले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई आफ्नो मूल भूमिमा गाभ्ने बताउदै आएको छ । तीन लाख सक्रिय सुरक्षाकर्मी रहेको ताइवानको आफ्नै संविधान छ र नेताहरू लोकतान्त्रिक रूपमा निर्वाचित हुन्छन् । तर ताइवानलाई निकै कम देशहरूले मात्र मान्यता दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...