News Portal

त्रिविमा अर्थशास्त्रपछि राजनीतिशास्त्रको पनी प्रश्नपत्र दोहोरियो

हिमालीसंचार संवाददाता
१९० पटक

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अर्थशास्त्रको प्रश्नपत्र हुबहु मिलेको केही दिनपछि राजनीति शास्त्र विषयको परीक्षाको प्रश्नपत्र पनि दोहोरिएको पाइएको छ । परीक्षामा सोधिने प्रश्नपत्रमा पटक–पटक लापरबाही देखिएपछि छानबिन गरिने त्रिविले जनाएको छ ।

गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’को प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यसैगरी जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र पनि अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको त्रिवि मानविकी संकायका डीन प्रा. डा. कुसुम शाक्यले जानकारी दिइन् ।

हुबहु दोहोरिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिवि केन्द्रीय परीक्षा समितिसमक्ष आग्रह गरिसकेको जानकारी दिए । ‘हामीले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिसकेका छौं’, उनले भनिन्, ‘अब हुने परीक्षामा यस्तो समस्या आउन नदिनका लागि हामी सचेत छौं ।’ रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले मानविकी संकायले छानबिनका लागि आग्रह गरेको पत्र पाएको बताए । ‘मानविकी संकायले छानबिनका लागि आग्रह गरेको पत्र मैले प्राप्त गरेको छु,’ दाहालले भने, ‘छानबिन गरेपछि कसको लापरबाही रहेको छ भन्ने थाहा हुन्छ ।’ 

परीक्षामा गत वर्षको पनि प्रश्नपत्र सोध्न पाइने उल्लेख गर्दै प्रश्नपत्रको सेट छान्दा हुबहु पर्ने गएको हुनसक्ने बताए । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सन् २०२० र सन् २०२१ को हुबहु मिलेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...