News Portal

  • प्रहरी दिवसमा प्रधानमन्त्री नरम, आइजीपी गरम ! गृहमन्त्री बोलेनन्

    ५१५ पटक

    २५ असोज, काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा विहीबार बिहानै ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखे । तर, गृहमन्त्री रामबहादुर थापा बादलले भने प्रहरी दिवसमा औपचारिक सम्वोधन गरेनन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे । २०१२ सालमा मुक्ति सेनाबाट नेपाल प्रहरी जन्मिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो हुनुपर्ने बताए ।

    नेपला प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको भएता पनि कुनै एउटा विषयमा अपराध अनुसन्धान राम्रो गर्न नसक्दा नकारात्मक असर पर्न जाने भन्दै प्रधानमन्त्री ओलीले घुमाउरो पारामा निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउनुपर्ने संकेत गरे ।

    आफ्नो कर्तव्यको सिलसिलामा ज्याउन गुमाउने प्रहरीहरुमाथि प्रधानमन्त्रीले श्रद्धासुमन व्यक्त गरे

    नेपाल प्रहरीको लाइन मिनिष्ट्रीको हिसाबमा गृहमन्त्रीले पनि सम्वोधन गर्ने धेरैले अपेक्षा गरेका थिए । तर, मन्त्री थापाले कार्यक्रमलाई औपचारिक सम्वोधन गरेनन् । प्रधानमन्त्री ओली सम्वोधनलगत्तै बाहिरिए भने गृहमन्त्री चाहिँ दिवाभोजमा समेत सामेल भए ।

    आइजीपीको ‘कडा’ सम्वोधन

    कार्यक्रममा सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि अपराधको अनुसन्धान गर्ने एकमात्र विज्ञहरुको समूह नेपाल प्रहरी नै भएको बताए । अपराधको अनुसन्धानमा कति समय लाग्छ भने तोक्न नसकिने आइजीपी खनालले बताए ।

    तर, प्रहरी एक्लैले मात्रै समाजमा अपराध निर्मूल पार्न नसक्ने भन्दै आइजीपी खनालले यसमा स्थानीय जनता एवं नागरिकहरुको समेत सहयोग चाहिने स्पष्ट पारे ।

    विगतका सम्वोधनहरुमा सरकारप्रति निकै नरमरुपमा प्रस्तुत हुँदै आएका खनालले बुधबारको सम्वोधनमा प्रहरी संगठनभित्रका केही समस्याहरु पनि मन्त्रीलाई सुनाए । ‘माननीय मन्त्रीज्यू’ भन्दै आइजीपी खनालले हिमाली भेगमा जाडो सुरु हुँदाखेरि पनि विना ब्यारेक प्रहरी जवानहरुले चिसोमा ड्युटी गरिरहेको बताए ।

    कुनै अतिरिक्त सेवा सुविधाविनै प्रहरी जवानहरुले समाजमा शान्ति सुरक्षा दिइरहेको र राजनीतिक आडमा हुने चन्दा आतंक समाप्त पारेको खनालले बताए ।

    शान्ति सुरक्षामा खर्च गर्नु भनेको अनुत्पादक ठाउँमा गरिने लगानी हो भनेर परम्परागत रुपमा नबुझ्न आइजीपी खनालले राजनीतिक नेतृत्वलाई सुझावसमेत दिए । देशमा समृद्धि हासिल गर्न सुरक्षामा लगानी बढाउन आवश्यक रहेको आइजीपी खनालको तर्क थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षकत्वमा नेपाल प्रहरी अगाडि बढिरहेको भन्दै खनालले प्रधानमन्त्रीले अघि बढाएको भ्रष्टाचारविरोधी अभियान नेपाल प्रहरीमा कार्यान्वयन हुने प्रतिवद्धता जनाए ।

    साथै गृहमन्त्री रामबहादुर थापा बादलले अघि सारेको ८२ बुँदे गृहसुधार कार्ययोजनाका प्रहरीसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन गरिने आइजीपी खनालले बताए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal