News Portal

खोटाङ जिल्लाको तुवाचुङ-चायाजुम अब स्थानीय पाठ्यक्रममा समावेश गरिनेः मेयर राई

हिमालीसंचार संवाददाता
२३१ पटक

खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख बिमला राईले किरात राई समुदायका पवित्र ऐतिहासिक स्थल तुवाचुङ-जायजुम स्थानीय पाठ्यक्रममा समावेश गरिने बताएकी छिन। नगर प्रमुख राईले किरात सभ्यताको आस्था र विश्वासको भरोसा भित्र रहेको ऐतिहासिक विशेष महत्व भएको स्थलको सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो तुवाचुङ-जायजुम स्थानीय पाठ्यक्रममा राख्ने गरिने बताएकी हुन्।

तुवाचुङ-जायजुम संरक्षण समितिले आयोजना गरेको चुलापूजा तथा साकेला शीली प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई समुदायको सम्मानित मातृथलो तुवाचुङ-जायजुमको थप संरक्षणका लागि अब स्थानीय पाठ्यक्रममा राख्ने नगर प्रमुख राईले बताएकी हुन्।

किरात राई समुदायको सभ्यताको विशेष महत्वको उद्गम थलो भएकाले तुवाचुङ-जायजुम ऐतिहासिक महत्वका मातृथलो भएकाले किरात समुदायले यस स्थानलाई आफ्नो ज्ञानकुञ्ज मानेका छन्। त्यतिमात्रै होइन, किरात राई समुदायले मातृहरूको श्रद्धा केन्द्र मानेका छन्। नगर प्रमुख राईले थप भनिन्  ‘यस्तो पवित्र स्थलको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न नगरले नेतृत्व गर्छ,’ उनले आफ्नो सम्बोधनका क्रममा भनिन्, ‘भाषा, संस्कार, संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्ने काम कर्तव्य राज्यको हो । तर, हलेसी तुवाचुङ नगरपालिकाले तहगत रूपमा समन्वय र सहकार्य गर्न कन्जुस्याइँ गर्दैन ।’ किरात राई समुदायले तुवाचुङ-जायजुमलाई घरभित्रको तीन चुलाजत्तिकै पवित्र मान्छन् । यसलाई अपवित्र बनाए, यी समुदायले आफूहरूलाई दोष–दशा लाग्छ भन्ने गहिरो जनविश्वास रहेको छ । 

तुवाचुङ जायजुम संरक्षण समितिले सालिन्दा तुवाचुङमा चूलापूजा गर्दै वैशाखे पूर्णिमा उभौली मनाउने प्रचलन रहेको छ । गत शनिबार पुर्वाञ्चलका खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरवासीले तुवाचुङ पुगेर हर्षौल्लाससाथ उभौली साकेला चाड मनाउदै छन् । यहि उभौली साकेला चाडको अबसरमा गत शुक्रबार १५ समूहले साकेला शीली प्रदर्शन गरेका थिए ।

किरात राई मुन्दुमी मिथकअनुसार, तुवाचुङमा रहेका तयामा-खियामाले तान लत्ता कपडा बुन्थे । त्यसैले किरात सभ्यता अनुसार उनीहरू लत्ता कपडा सभ्यताका उद्यमी मानिन्छन् । किरातीहरुको ऐतिहासिक एव् पवित्र मातृथलो तुवाचुङ-जायाजुमा बसेर उनीहरूले कपासको धागोबाट तान बुनेका थिए । किराती आदिम पूर्खा तयामा खियामाले यहींबाट खेती गर्न थालेका मानिन्छ । उनीहरूले यहींबाट कपास खेतीको माध्यमद्वारा लत्ता कपडा बुनेर लगाउन सुरु गरेका भन्ने गरिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...