News Portal

  • खोटाङमा जनप्रतिनिधिले अनियमितता गरेको उजुरी, उच्चस्तरीय छानविन समिति गठन

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासका योजना तथा कार्यक्रममा व्यापक अनियमितता गरेको भनी स्थानीयले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरिएको छ।

    नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले विसं ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

    गठीत समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इञ्जीनियर), युवराज श्रेष्ठ (चार्टर्ड एकाउन्टेण्ट), कृष्ण बुढाथोकी र सदस्यसचिवमा शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मालाई राखिएको छ ।

    भ्रष्टाचारमुक्त, सुशासनयुक्त समृद्ध नगर बनाउन आ–आफ्नो ठाउँबाट सङ्कल्प गर्ने निर्णय गरेको नगरपालिकाले अघिल्लो कार्यकालमा सञ्चालित योजना तथा कार्यक्रममा भएका अनियमिततामाथि छानविन गरेर दोषी ठहरिए कानूनी कारबाही गर्ने निर्णय गरेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक ह त,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...