News Portal

  • अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद झनै सल्कियो, सिक्किममा कबड्डी ४ प्रदर्शन रोक्न माग

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    काठमाडौं – अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद भित्र भित्रै भूसको आगौ जस्तै सल्किरहेको छ । अभिनेत्री र भिक्षु दुवै पक्षबीच मिलापत्रमा हस्ताक्षर भइसकेको विषयम पुनः भित्र भित्रै सल्कि रहेको छ। यस विषयमा पछिल्लो समय विवाद चर्कंदै जाँदा फिल्म कबड्डी ४ भारतको सिक्किममा प्रदर्शन रोक्न माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

    पत्रकार सम्मेलनमा धर्मगुरु पिन्त्सोले भने, यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं । उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे । वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ, उनले भने, ‘नेपालमा विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ । कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए । जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ, उनले भने ।

    भारतको सिक्किममा ‘कबड्डी ४ जुन १७ तारिख रिलिज गर्ने तयारी छ । गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुव्र्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले भिक्षु फुर्वालाई पक्राउ गरेको थियो । रिहा गर्नुपर्ने भन्दै प्रदर्शन चर्किएपछि तीन हजार रुपैयाँ धरौटीमा फुर्वालाई रिहा गरियो र दुवैले सहमतिपत्रमा हस्ताक्षर पनि गरे ।

    मिलापत्र भएको पछिल्लो समय आरोप (प्रत्यारोप रोकिएको छैन । मिरुनाले आफूले गल्ती नगरेको बताएकी छन् भने फुर्वाले पनि गल्ती नगरेको दावी गरेका छन् । सामाजिक सञ्जालमा आरोप(प्रत्यारोप अझै पनि रोकिएको छैन । सिक्किम सहित भारतका १५ सहरमा ‘कबड्डी ४ प्रदर्शन गर्ने तयारी छ । तर बौद्ध समुदायको विरोधपछि भने फिल्मलाई चुनौती थपिएको छ । फिल्मका निर्माता मणिराम पोखरेलले सिक्किममा सिर्जना भएको विवादलाई समाधान गर्ने प्रयास भइरहेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...

    अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

    अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना...

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...