News Portal

अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद झनै सल्कियो, सिक्किममा कबड्डी ४ प्रदर्शन रोक्न माग

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं – अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद भित्र भित्रै भूसको आगौ जस्तै सल्किरहेको छ । अभिनेत्री र भिक्षु दुवै पक्षबीच मिलापत्रमा हस्ताक्षर भइसकेको विषयम पुनः भित्र भित्रै सल्कि रहेको छ। यस विषयमा पछिल्लो समय विवाद चर्कंदै जाँदा फिल्म कबड्डी ४ भारतको सिक्किममा प्रदर्शन रोक्न माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा धर्मगुरु पिन्त्सोले भने, यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं । उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे । वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ, उनले भने, ‘नेपालमा विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ । कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए । जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ, उनले भने ।

भारतको सिक्किममा ‘कबड्डी ४ जुन १७ तारिख रिलिज गर्ने तयारी छ । गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुव्र्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले भिक्षु फुर्वालाई पक्राउ गरेको थियो । रिहा गर्नुपर्ने भन्दै प्रदर्शन चर्किएपछि तीन हजार रुपैयाँ धरौटीमा फुर्वालाई रिहा गरियो र दुवैले सहमतिपत्रमा हस्ताक्षर पनि गरे ।

मिलापत्र भएको पछिल्लो समय आरोप (प्रत्यारोप रोकिएको छैन । मिरुनाले आफूले गल्ती नगरेको बताएकी छन् भने फुर्वाले पनि गल्ती नगरेको दावी गरेका छन् । सामाजिक सञ्जालमा आरोप(प्रत्यारोप अझै पनि रोकिएको छैन । सिक्किम सहित भारतका १५ सहरमा ‘कबड्डी ४ प्रदर्शन गर्ने तयारी छ । तर बौद्ध समुदायको विरोधपछि भने फिल्मलाई चुनौती थपिएको छ । फिल्मका निर्माता मणिराम पोखरेलले सिक्किममा सिर्जना भएको विवादलाई समाधान गर्ने प्रयास भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...