News Portal

  • भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई हाँस्न निषेध !

    ५०३ पटक

    दिल्ली : भारतीय विमानस्थल सुरक्षाको जिम्मा लिएको केन्द्रीय सुरक्षा बलले त्यहाँ खटाइएका पुलिसहरुलाई यात्रुहरुका सामु नहाँस्न निर्देशन दिएको छ । सुरक्षाकर्मीहरु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै यस्तो निर्णय लिइएको विभागले बताएको बीबीसीले जनाएको छ ।

    यस्तोमा हँसिलो देखिने पुलिसहरु अब भने विमानस्थलमा सुरक्षा दिइरहेका बेला गम्भीर देखिने भएका हुन् । यता नेपाली पुलिसहरुलाई भने सबैसँग हँसिलो र मित्रवत् व्यवहार अपनाउन सिकाउनकै लागि २०१४ मा ६०० प्रशिक्षक राखिएको थियो ।

    संगठनका निर्देशक जर्नेल राजेश रन्जनका अनुसार यसअघि २००१ मा अमेरिकामा भएको भयानक आतङ्की हमलामा सुरक्षाकर्मीहरु यात्रुको मिजासिलो व्यवहारमा निर्भर रहेकै कारण अपराधीहरुलाई सहज भएको थियो । यसकारण पनि पुलिसहरुलाई मित्रवत् भन्दा सतर्क रहनमा जोड दिँदै यस्तो फैसला लिइएको उनले बताए ।

    पछिल्लो समय भारतीय विमान कम्पनीहरुमा देखिएको अधिक प्रतिस्पर्धाका कारण भाडादर सस्तो हुन पुग्दा यात्रुहरुको सङ्ख्या ६ गुनाले बढेको बताइएको छ । तर सुरक्षाकर्मी र विमानस्थलको क्षमतामा भने कुनै सुधार नहुँदा नागरिकको सुरक्षा सुनिश्चित गर्नकै लागि सरकारले अरबौँ डलर खर्च गर्ने योजना बनाइरहेको बताइएको छ ।

    यसरी भारतीय पुलिसलाई आफ्नो व्यवहार परिवर्तन गर्न लगाइएको यो पहिलो पटक भने होइन । गत जुलाइमा पनि कर्नाटकले आफ्ना पुलिसहरुलाई तौल घटाउन निर्देशन दिँदै आदेश पालन नगर्नेलाई निलम्बित गरिदिने चेतावनी दिएको थियो । त्यसैगरी २००४ मा भने मध्यप्रदेशका पुलिसलाई जुँगा पालेपछि मात्र सम्मान पाइने भन्दै यसलाई अनिवार्य गरिएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...