News Portal

किराया केन्द्रिय कार्यसमितिद्वारा स्थानीय तीन तहका बजेट निर्माण प्रक्रियाबारे अन्तरक्रिया

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं – किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शनिबार संघ, प्रदेश र स्थानीय तीन तहमा हुने बजेट निर्माण प्रक्रियाबारे किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौंले जुम मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका उपसचिव खिलराज राई, अनिल किराती र कोपिला राईले भर्जुअल मार्फत सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमको सहजिकरण गरेका थिए । किरात राई कर्मचारी संघको अध्यक्ष समेत रहेका खिलराज राई राष्ट्रिय योजना आयोग, संघको महासचिव अनिल किराती उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र संघको सचिवसमेत रहेकी कोपिल राई १ नं. प्रदेशको योजना आयोगमा कार्यरत छिन्।

खिलराज राईले संघ, कोपिला राईले प्रदेश र अनिल किरातीले स्थानी तहमा निर्माण हुने बजेट र बजेट प्रक्रियाबारे प्रस्तुत गरेका थिए । बजेट निर्माण अघि नीति, नीति अनुसारको कानून, कानूनको आधारमा योजना, योजनाको आधारमा कार्यक्रम र कार्यक्रम सफल बनाउन बजेट निर्माण हुने सैद्धान्तिक बिषयबारे प्रस्तुत कर्ताहरुले जनाएका थिए । असारसम्म प्रस्तुत हुने बजेट निर्माण प्रक्रियामा माघदेखि सुरु हुने भएकोले जेठको अन्त र असारतिर योजना लिएर जानुको कुनै अर्थ नहुने प्रस्तुत उपसचिवहरुको भनाई थियो । 

बजेटभन्दा अघि दीर्घकालिन, अल्पकालिन, बार्षिक नीति, योजना निर्माण तथा पालिका स्तरसम्म कानून निर्माणमा जोड गर्नुपर्ने बताइएको थियो । नेपालमा बजेट तर्जुमाको आधारहरु, बजेटको प्रकार, बजेट तर्जुमाको प्रक्रिया र कहिले, कुन प्रकारको र कहाँ, कहाँ योजना पेस गर्नेबारे उपसचिवहरुले जुम मिटीङमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

किरात राई यायोक्खा कार्यबाहक अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय पदाधिकारी सदस्यहरु, विदेश शाखा, भातृ, भाषिक, जिल्ला र स्थानीय तहसम्मका करिब ७० जना महानुभावहरुको अन्तरक्रिया मिटीङमा सहभागि रहेका थिए। अन्तरक्रिया कार्यक्रम राजनीतिक, सामाजिक ब्यक्तिहरु, नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि लाभदायक र प्रभावकारी भएको किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका महासचिव जनक राईले बताए   

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...