News Portal

  • धरानमा किरात सभ्यताः राई जातिको सर्वेक्षणात्मक अध्ययन विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १६५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा किरात सभ्यताः राई जातिको सर्वेक्षणात्मक अध्ययन विषयक एक अन्तरक्रियात्मक कार्यक्रम किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको संयोजन, किरात राई यायोक्खा केन्द्रिय कार्यासमितिको आयोजनामा सम्पन्न भएको छ।

    किरात सभ्यताका आधारहरु के के हुन सक्छन् भन्ने विषयमा राय-सुझाव संकलन गर्ने क्रममा धरानका प्रा. डा. टंक न्योपाने, डा. योगेन पालुङ्वा, माननीय किरण राई, प्राध्यापक विदुर राई लगायत विभिन्न विज्ञहरुको उपस्थिति रहेको थियो। किरात राई प्रज्ञा परिषद्का सदस्य शालिक शतासक र सदस्य सचिव डा. तारामणी राईले सुझाव संकलन गरेका थिए।

    किरात राई प्रज्ञा परिषद्का सदस्य सचिव डा. तारामणी राईले हिमालीसंचारडटकम कुरा गर्दै प्रदेश सरकार अन्तरगत किरात सभ्यताः राई जातिको सर्वेक्षणात्मक अध्ययन विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम किरात राई यायोक्खा जिल्ला कार्यसमितिको भवन धरानमा सम्पन्न भएको जानकारी दिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...