News Portal

धरानमा किरात सभ्यताः राई जातिको सर्वेक्षणात्मक अध्ययन विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२३५ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा किरात सभ्यताः राई जातिको सर्वेक्षणात्मक अध्ययन विषयक एक अन्तरक्रियात्मक कार्यक्रम किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको संयोजन, किरात राई यायोक्खा केन्द्रिय कार्यासमितिको आयोजनामा सम्पन्न भएको छ।

किरात सभ्यताका आधारहरु के के हुन सक्छन् भन्ने विषयमा राय-सुझाव संकलन गर्ने क्रममा धरानका प्रा. डा. टंक न्योपाने, डा. योगेन पालुङ्वा, माननीय किरण राई, प्राध्यापक विदुर राई लगायत विभिन्न विज्ञहरुको उपस्थिति रहेको थियो। किरात राई प्रज्ञा परिषद्का सदस्य शालिक शतासक र सदस्य सचिव डा. तारामणी राईले सुझाव संकलन गरेका थिए।

किरात राई प्रज्ञा परिषद्का सदस्य सचिव डा. तारामणी राईले हिमालीसंचारडटकम कुरा गर्दै प्रदेश सरकार अन्तरगत किरात सभ्यताः राई जातिको सर्वेक्षणात्मक अध्ययन विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम किरात राई यायोक्खा जिल्ला कार्यसमितिको भवन धरानमा सम्पन्न भएको जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...