News Portal

विश्व वातावरण दिवसको अवसरमा नगर प्रमुख राई र उपप्रमुख बेघा साइकलमा

हिमालीसंचार संवाददाता
२६१ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा विश्व वातावरण दिवसको अवसरमा धरानमा साइकल र्यालीको आयोजना गरिएको छ। धरानमा वातावरण शाखाद्वारा आयोजित र्यालीमा नगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघा र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु साइकलमा र्याली गरेका छन् ।

साइकलमा नगर प्रमुख राई, उपप्रमुख बेघा र धरानका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितकोटोली पनि साइकलमा सवार थिए । नगरको भानुचौकबाट सुरु भएको साइकलमा भोटेपुल, धनकुटे रोड हुँदै बुद्ध चोकबाट सुन्दरबजार पुगेर रत्नचौक, न्युरोड कल्याण चौक, दुर्गा चोक हुँदै भानुचौकमै साइकल यात्रा सम्पन्न गरेका थिए ।

त्यस्तै, विश्व वातावरण दिवसको अबसरमा धरानका विभिन्न संघसंस्थाहरुको सहभागितामा भानुचोकदेखि तीनकुनेसम्म कोशी राजमार्ग सडक खण्डका दुबै किनार सरसफाई गरिएको थियो। साइकल यात्रा हुनु भन्दा अगाबै नगर प्रमुख राईले धरानलाई सफा शहर बनाउन सबै पक्षसंग आग्रह गरेका थिए। नगर प्रमुख राईले लामो समयदेखि लागेको खराब बानीलाई सुधार्न आवश्यक रहेको बताए।

नगर प्रमुख राईले डस्टबिन छेउमै हुँदा पनि त्यसको सदुपयोग नगरी फोहोर बाहिर फाल्ने बानीलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सबैलाई डस्टबिन प्रयोग गर्न आग्रह गरे। धरानलाई सफा शहर बनाउने आफ्नो सपना रहेको बताउँदै नगर प्रमुख राईले त्यसलाई साकार बनाउन सबै धराने जनताको सहयोगको खाँचो रहेको बताए ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...