News Portal

  • विश्व वातावरण दिवसको अवसरमा नगर प्रमुख राई र उपप्रमुख बेघा साइकलमा

    हिमालीसंचार संवाददाता
    २१७ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा विश्व वातावरण दिवसको अवसरमा धरानमा साइकल र्यालीको आयोजना गरिएको छ। धरानमा वातावरण शाखाद्वारा आयोजित र्यालीमा नगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघा र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु साइकलमा र्याली गरेका छन् ।

    साइकलमा नगर प्रमुख राई, उपप्रमुख बेघा र धरानका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितकोटोली पनि साइकलमा सवार थिए । नगरको भानुचौकबाट सुरु भएको साइकलमा भोटेपुल, धनकुटे रोड हुँदै बुद्ध चोकबाट सुन्दरबजार पुगेर रत्नचौक, न्युरोड कल्याण चौक, दुर्गा चोक हुँदै भानुचौकमै साइकल यात्रा सम्पन्न गरेका थिए ।

    त्यस्तै, विश्व वातावरण दिवसको अबसरमा धरानका विभिन्न संघसंस्थाहरुको सहभागितामा भानुचोकदेखि तीनकुनेसम्म कोशी राजमार्ग सडक खण्डका दुबै किनार सरसफाई गरिएको थियो। साइकल यात्रा हुनु भन्दा अगाबै नगर प्रमुख राईले धरानलाई सफा शहर बनाउन सबै पक्षसंग आग्रह गरेका थिए। नगर प्रमुख राईले लामो समयदेखि लागेको खराब बानीलाई सुधार्न आवश्यक रहेको बताए।

    नगर प्रमुख राईले डस्टबिन छेउमै हुँदा पनि त्यसको सदुपयोग नगरी फोहोर बाहिर फाल्ने बानीलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सबैलाई डस्टबिन प्रयोग गर्न आग्रह गरे। धरानलाई सफा शहर बनाउने आफ्नो सपना रहेको बताउँदै नगर प्रमुख राईले त्यसलाई साकार बनाउन सबै धराने जनताको सहयोगको खाँचो रहेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...