News Portal

प्रदेश नं. १ सरकार ठूलो आर्थिक संकटमा रहेको छ : मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
३५२ पटक

विराटनगर – मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा रहेको विराटनगरमा आयोजित आगामी आर्थिक बर्षका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नं. १ सरकार ठुलो आर्थिक संकटमा रहेको बताएका छन्।

मुख्यमन्त्री राईले विगतका सरकारले सिर्जना गरेको २७ अर्ब दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेको कारण आर्थिक संकट सिर्जना भएको बताए ।

मुख्यमन्त्री राईका अनुसार, ‘हाम्रो १२ अर्बको पूँजीगत खर्च छ । सबै पैसा रकम पहिलेको दायित्व पुरा गर्न लगाउँदा पनि साढे २ आर्थिक वर्षमा मात्रै सकिन्छ,’ ‘प्रदेश सरकार ऐँठन परेको अवस्था छ, त्यसो भएको हुनाले यो कुरालाई कसरी सच्याउन सकिन्छ भनेर हामी समीक्षा गरिरहेका छौं ।’ उनले विगतको सरकारले अर्थमन्त्रालयको स्वीकृति बिना, मन्त्रीहरुको तोकआदेशको भरमा जथाभावि योजना कार्यान्वयनको दबाब दिइँदा समस्या भएको बताए । यस्तै ३० अर्बको स्रोत रहेको प्रदेशको बजेट ४३ अर्बसम्मको बनाइनुले पनि अहिलेको समस्या सिर्जना भएको उनले बताए । 

‘राजस्वको अनुमान, स्रोतको अनुमान सही भएन । ४३ अर्बको बजेट स्रोतको अनुमान गर्ने अनि ३० अर्ब मात्रै प्राप्त हुन्छ । एक अर्ब वा दुई अर्बमा मिस हुनु बेग्लै कुरा हो । तर, १३ अर्ब भन्दा बढी फरक छ । कोरोना महामारीको बेला पनि होइन । त्यसकारण स्रोतको अनुमान र वास्तविकता निक्कै फरक भयो । त्यसमा पूर्व सरकारको कमजोरी भयो,’ राईले भने, ‘आन्तरिक ऋण लिने, संघबाट, विदेशबाट ऋण लिने कानून नै बनेको छैन । ५ अर्ब घाटा बजेट राखेर पनि जथाभावि योजना राखियो । दिन्छु भन्दा पनि लिने व्यवस्थै गरेको छैन ।

मुख्यमन्त्री राईले भने अर्को कुरा भनेको रातो किताबमा परेका योजनाको कार्यान्वयन गर्ने भन्दा मन्त्रीको तोकको आधारमा जथाभावि योजना थप गरिएको छ । रातो किताबमा परेको र अर्थमन्त्रालयले इन्ट्री गरेको योजना पो कार्यान्वयन हुन्छ । तर, रातो किताबमा नभएका धेरै ठूला योजनाहरु मन्त्रीहरुले तोकादेशको भरमा अर्थमन्त्रालयको कुनै स्वीकृति नलिइकन बाहिरबाहिरै सम्बन्धित मन्त्रालयबाट योजनाहरु बनाएर अर्बौको दायित्व सिर्जना गरेको थियो ।’ आफूले पूर्व सरकारको आलोचना त्यतिबेला नै संसदमा सुझावको रुपमा दिएको स्मरण गर्दै अब वृहत समीक्षा गर्न खोजिरहेको समेत बताए ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...