News Portal

नुवाकोट धादिङ रसुवा सेवा समाजको दोस्रो अधिवेशन जुलाई २२ मा हुने

हिमालीसंचार संवाददाता
४४० पटक

कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब जुलाई २२ तरिक २०२२ शुक्र्बार कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका अध्यक्ष राकेश मनाङ्थेनले जानकारी दिनुभएकाे छ।

राेजगारकाे शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दाजु भाई तथा दिदी बहिनी हरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरु गर्दै सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नुवाकोट, धादिङ रसुवा समाज कुवेतले कुवेतमा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरू अग्रसर रहदै आएको अध्यक्षले बताउनुभयो।

संघले विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ। दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कार्यक्रमा नुवाकोट धादिङ रसुवा बाट रोजगारीको सिलसिलामा कुवेतमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा सहभागिताकाे लागि समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गरेका छन्।

साथै त्यस दिन कुवेतका क्रियाशील संघ संस्थाहरुले अन्य कार्यक्रम नगरिदिन समेत कार्यक्रमका संयोजक धर्म तामाङले आग्रह गर्नुभएको छ।

कार्यक्रमको विवरण
मितिः जुलाई २२ तारिक २०२२
समयः बिहान ११ बजे
स्थान : राजधनी होटल, खैतान
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...