News Portal

धार्मिक आस्था तथा शक्तिको केन्द्र कालिकामाई

हिमालीसंचार संवाददाता
४५० पटक

धादिङ दिपक अधिकारी -गंगाजमुना गाउपालिका वडा नम्बर ७ (साबिक बुढाथुम गा बि स वडा न ३ ) मा पर्ने लकुवाकोट कालिकामाईको मन्दिर करिब चौधौ सताब्दीतिर स्थापना भयको मानिएको गंगाजमुना गाउँपालिका भित्र पर्ने एक मात्र कोट र गंगाजमुना मन्दिर जस्तै महत्व रहेको महत्वपूर्ण धार्मिक स्थल हो।

यस कोटमा केहि देवगुठीको जग्गा रहेको छ। जसबाट प्राप्त हुने आए अहिलेको समयमा अपर्याप्त हुने भएकोले श्रद्धालु भक्तजनबाट समेत सहयोग लिई सबै धार्मिक पुजाआजाहरु बैदिक बिधि अनुसार बर्सेनि हुदैआई रहेको छ। यस कालिका मन्दिर पनि पहिला विभिन्न प्रमुख शक्ति पिठ मध्ये एक थियो। हाल प्रचार प्रसारको कमि तथा अन्य बिबिध कारणले पछिपरेको भन्ने कुरा यहाँका बुढापाकाले बताए।

बिक्रम सम्बत २०५६ साल तिर मन्दिरको स्थानीय भक्तजनहरुको सहयोगमा हालको मन्दिर पुनर्निमाण भयको हो। बेला बखत विभिन्न भक्तजनहरुबाट मर्मत सम्भारको लागि सहयोग हुदै आयको छ। गाउँपालिका बाट पनि हालका केहि वर्षहरुमा सानो तिनो सहयोग हुने गरेको छ। यस वर्ष कालिकामाई मन्दिरको लागि पन्चे बाजा पुरैसेट खरिद गर्ने काम सम्पन्न भयो। यसको लागि पालिका बाट पनि केहि सहयोग प्राप्त भएको छ।

यस वर्ष मन्दिरको पुरै छाना फेर्ने काम सम्पन्न भयो। यस कार्यको लागि समाज सेबी कालिका माईका अत्यन्त भक्त यसै पालिका वडा न ७ डाडा घर स्थायी निबासी प्रमुख सेनानी कृष्ण बहादुर अधिकारीबाट सम्पूर्ण खर्च व्यहोरी दिनुका साथै मन्दिरमा रहेको अक्षय कोसमा पुन रु एक लाख थप गरि दिनु गरिदिए।

२०७० साल असार ३ गते बाट वर्ष भरि खुल्ने यस मन्दिरमा सदा झैँ यस वर्ष पनि घटस्थापनाको दिन घडा स्थापना गरि पुजा आज सम्पन्न भयाे। त्यसपछिका प्रत्येक दिन क्रमैसंग शैलिपुत्री ,ब्रम्हाचारिणी , चन्द्रघंता, कुस्माण्डा , स्कन्दमाता,कत्ययानी , कालरात्रि , महागौरी , र सिध्दिधत्री यी नौ वटा देवीको नवरात्र को प्रतिपदा देखि नवमी सम्मका तिथिमा क्रमैले पुजा गरि दशमीको दिन बिसर्जन गरिने चलन छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...