News Portal

  • चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा शुल्क वृद्धि गर्यो

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ।

    आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब थियो तर आयोगले अरू कुराको मूल्य वृद्धिको यथार्थ स्थितिभन्दा निकै कम प्रतिशत मात्र शुल्क वृद्धि गरेको छ।” 

    विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए तर आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्रास्फीतिका आधारमा मात्र ३.६ प्रतिशत शुल्क वृद्धिका लागि सहमति दिएका हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...