News Portal

बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन झापाकाे धाइजनस्थित बानियाँ गाउँमा हुने

हिमालीसंचार संवाददाता
७७० पटक

काठमाडौ –  बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ। हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको छ। २० गते केन्द्रीय समितिको बैठक, विभिन्न जिल्लाबाट आउने बन्धुहरुसँग भेटघाट हुनेछ। भने २१ गते महाधिवेशन उद्घाटन विभिन्न व्यक्तिहरुको सम्मान र आगामी ३ वर्षका लागि केन्द्रीय समितिको निर्वाचन हुने बानियाँ बन्धु समाज झापाका संरक्षक हरिचरण बानियाँले बताए।

सम्मेलनमा सहभागि हुन देशभरका ५ सय भन्दा बढी बानियाँ बन्धु प्रतिनिधि आउनेछन्। सम्मेलनको उद्घाटन मेचीनगरका नवनिर्वाचित मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने कार्यक्रम तय भएको संरक्षक बानियाँले बताउनु भयो।

यसैगरी, समारोहमा बानियाँ बन्धुको उत्थानका लागि योगदान गर्ने व्यक्ति, विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने व्यक्ति र हालै भएको स्थानीय निर्वाचनमा बन्धुका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।

सम्मेलनकालागि दिपेन्द्र बानियाँको संयोजकत्वमा व्यवस्थापन समिति केन्द्रीय उपाध्यक्ष ओम बानियाँको संयोजकत्वमा आर्थिक समिति, नविन बानियाँको संयोजकत्वमा स्वयमसेवक समिति, प्रकाश बानियाँ र देबु बानियाँको संयोजकत्वमा प्रचार प्रसार समितिलगायतका समितिहरु गठन गरिएको छ । महाधिवेशनका लागि जिल्लामा रहेका बन्धुहरुबाट आर्थिक संकलन गरिएको छ।

महाधिवेशनका लागि करिब ५ लाख खर्चको अनुमान गरिएको आर्थिक समितिका संयोजक ओमनाथ बानियाँले बताउनु भयो। रकम संकलनका लागि झापाका १५ वटा स्थानीय तहका संयोजकहरु मार्फत संकलन गरिएको छ । साथै सम्मेलनका लागि अ‍ेमरिकाबाट धनबहादुर बानियाँले ६१ हजार ६ सय ४० रुपैयाँ सहयोग गरेका छन्।

साथै महाधिवेशनमा विभिन्न जातजातिका झाँकी, नृत्य प्रस्तुत गरिनेछ भने विभिन्न जातिय संगठनका प्रमुखहरुलाई समेत कार्यक्रममा अतिथिका रुपमा सहभागि गराउने तयारी गरिएको छ।

शनिवार धाइजनमा बसेको बानियाँ बन्धु समाज झापाको बैठकले महाविधेशनलाई उत्कृष्ट बनाउन सबैले सबै क्षेत्रबाट काम गर्नु पर्ने र यो महाधिवेशन झापाली बन्धुहरुको गरिमा बढाउनका लागि कोशेढुङ्गा सावित हुने झापाका अध्यक्ष भक्तबहादुर बानियाँले बताए।

जिल्ला उपाध्यक्ष पदमा बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा संरक्षक हरिचरण बानियाँ, केन्द्रीय उपाध्यक्ष ओमनाथ बानियाँ, केन्द्रीय सदस्य मनोज बानियाँ, केन्द्रीय सदस्य सेरबहादुर बानियाँ, जिल्ला अध्यक्ष भक्तबहादुर बानियाँ, सल्लाहकार तिलविक्रम बानियाँ, जिल्ला सचिव महेन्द्र बानियाँ, उपाध्यक्ष उपेन्द्र बानियाँ, पूर्व सचिव दिपेन्द्र बानियाँ लगायतले सम्मेलन तयारीका बारेमा जानकारी गराए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...